कर्णालीका पालिकाहरुमा प्राविधिक कर्मचारीको अभाव, विकास काममा प्रभाव (भिडियो रिपोर्टसहित)

२०८० जेठ १७ गते १८:१०
कर्णालीका पालिकाहरुमा प्राविधिक कर्मचारीको अभाव, विकास काममा प्रभाव (भिडियो रिपोर्टसहित)

१७ जेठ २०८० सुर्खेत । कर्णाली प्रदेशमा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको छ । कर्णालीका पालिकाहरुमा प्राविधिक कर्मचारीको अभाव हुँदा आर्थिक वर्ष सकिनै लाग्दा विभिन्न काममा प्रभाव परेको छ ।

कर्णाली प्रदेशका २५ वटा नगरपालिका र ५४ वटा गाउँपालिका मध्ये धेरैजसो पालिकामा दरवन्दी बमोजिम प्राविधिक कर्मचारीको अभाव छ । प्राविधिक कर्मचारीको अभावका कारण आर्थिक बर्ष सकिनै लाग्दा पालिकालाई विकास निर्माणका काम सम्पन्न गर्न समस्या भएको छ ।

सुर्खेतबाहेक कर्णाली प्रदेशका जिल्ला विकट पहाडी इलाकामा पर्दछन् । न्यूनतम सुविधा समेत नपाउने भन्दै कर्मचारी कर्णाली जान चाहँदैनन् । दरबन्दी अनुसार कर्मचारी नहुँदा हरेक सेवा प्रवाहमा समस्या छ ।

कर्णालीका पालिकामा मात्र होइन, प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयमा समेत कर्मचारीको अभाव छ । जसको असर बजेट कार्यान्वयनमा देखिएको छ ।

कतिपय पालिकाले करारमै भए पनि प्राविधिक कर्मचारी नियुक्त गरेका छन् । तर कर्णालीका पालिकामा कति प्राविधिक कर्मचारीको अभाव छ र कति करारमा नियुक्त गरिएको छ भन्ने तथ्यांक सरकारसँग छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *