कर्णाली माध्यामिक विद्यालय व्यवहारिक शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय (भिडियो रिपोर्टसहित)

२०८० जेठ १६ गते १४:३५
कर्णाली माध्यामिक विद्यालय व्यवहारिक शिक्षण सिकाइ क्रियाकलापमा सक्रिय (भिडियो रिपोर्टसहित)

१६ जेठ २०८० मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका वडा ७ कर्णाली माध्यामिक विद्यालय टोप्लामा शिक्षक, विद्यार्थीको सहकार्यमा शैक्षिक सामग्री निर्माण तथा प्रदर्शन गरिएको छ ।

शिक्षण सिकाइ क्रियाकलापलाई सहज बनाउन, सिकाइलाई स्थायी र प्रभावकारी बनाउने उद्धेश्यका साथ शैक्षिक सामग्री निर्माण तथा प्रदर्शन गरिएको हो ।

एक साताभरी कर्णाली माध्यामिक बिद्यालय टोप्लाका शिक्षक र विद्यार्थीहरु समन्वय र सहकार्यमा शैक्षिक सामग्री निर्माणमा जुटे । पाठयक्रममा रहेका शैक्षिक क्रियाकलाप, आवश्यक तस्विरको अवलोकल गरे । उनीहरुले त्यसै अनुरुप कागजका विभिन्न खेल सामग्री, निगालो माटोका सामग्री पाठमा रहेका सामग्री निर्माण गरे ।

विद्यालयमा चार सय ५० विद्यार्थी अध्ययनरत छन् । शिक्षण सिकाइ क्रियाकलापमा आवश्यक शैक्षिक सामग्री निर्माण कार्यमा विद्यार्थीको उत्साहजनक सक्रिय सहभागिता रह्यो । यस प्रकारको क्रियाकलापका कारण सामूहिक भावना विकसित हुनुका साथै पठनपाठन पनि प्रभावकारी हुन अपेक्षा गरिएको छ ।

यस्ता क्रियाकलापले विद्यार्थीमा रचनात्मक क्षमता बढ्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *