भिरबाट लडेर गर्भवती आमा र छोराको मृत्यु

२०८० जेठ १६ गते १३:३९
भिरबाट लडेर गर्भवती आमा र छोराको मृत्यु

१६ जेठ २०८० धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ जाउलखर्कमा भिरबाट लडेर गर्भवती आमा र छोराको मृत्यु भएको छ ।

भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजन चेपाङको मृत्यु भएको हो ।

सोमबार अपराह्न घाँस काट्न गएका बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

मृतक अप्सरा ८ महिनाकी गर्भवतीसमेत रहेको बताइएको छ । करिब ५० मिटर आग्लो कातुके चूलीको भिरबाट लडेकी उनलाई करिब ४ घन्टापछि मलेखु टिचिङ हस्पिटल ल्याइएको थियो ।

हस्पिटलका पुर्‍याएकी उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । उनको पेटमा रहेको बच्चाको पनि मृत्यु भइसकेको थियो ।
शव पोस्टमार्टमका लागि गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *