फरक शिक्षण सिकाइ अपनाइरहेको गुरुकुल एकेडेमी (भिडियो रिपोर्टसहित)

२०८० जेठ १४ गते १८:१९
फरक शिक्षण सिकाइ अपनाइरहेको गुरुकुल एकेडेमी (भिडियो रिपोर्टसहित)

१४ जेठ २०८० दाङ । दाङमा निजी र सामुदायिक गरी पाँच सय बढी विद्यालय छन् । तर, त्यसमध्ये गुरुकुल एकेडेमीले भने अरु विद्यालय भन्दा फरक शिक्षण सिकाइ अपनाइरहेको छ ।

परम्परागत अंक केन्द्रित शिक्षण क्रियाकलाप नभइ बालबालिकाको मनोविज्ञानमा आधारित शिक्षण सिकाइमा जोड दिँदै विद्यालयले बालबालिकालाई व्यावहारिक शिक्षामा निपुण बनाएको छ ।

दाङको घोराही नगरपालिकामा रहेका विभिन्न चोकमा कतै पानीपुरी, कतै मकै, कतै खरबुजा त कतै लस्सी पसल सञ्चालन गरिएको छ । यी पसल अरु दिन यसरी सञ्चालन हुँदैनन् । तर, शनिवार यहाँ युवाहरू व्यापार गरिरहेका थिए ।

खासमा यिनीहरू गुरुकुल एकेडेमीको कक्षा ११ मा अध्ययनरत विद्यार्थी हुन् । विद्यार्थीलाई मार्केटिङ विषय सिकाउन र सामाजिक प्रयोगात्मक र व्यावहारिक सिकाइ अन्तर्गत बजार पठाइएको हो । विद्यार्थी पनि यसरी थापिएको पसलबाट प्राप्त भएको रकम सामाजिक कार्यमा लगाउन पाउने हुँदा दंग थिए ।

व्यावहारिक सिकाइ गरिरहेका विद्यार्थीले थापेको पसल पुग्ने जो कोही विद्यार्थी र विद्यालयको प्रशंसा गरिरहेका थिए ।

सधैँ पृथक ढंगले विद्यार्थीलाई शिक्षण सिकाइ गर्दै आएको विद्यालय विद्यार्थीमा देखिएको उत्साहले आफूहरू सफल भएको दावी गर्दछ ।

घोकन्ते र सैद्धान्तिक शिक्षण प्रणालीले शिक्षाको वास्तविक लक्ष्य प्राप्त नहुने भन्दै बालबालिकाको निहित प्रतिभा उजागर गर्दै जीवन व्यवहारिक शिक्षा प्रदान गर्नुपर्ने विद्यालय प्रशासनको तर्क छ । अबको समय नै जीवनोपयोगी शिक्षा र व्यावहारिक ज्ञान नै भएकाले अन्य विद्यालयका लागि यो प्रेरणाको स्रोत बन्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *