सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा
२०८० जेठ १४ गते १५:११

१४ जेठ २०८० धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनीबेँसी नगरपालिका र थाक्रे गाउँपालिका जोड्ने सडक दुईतर्फी सञ्चालनमा आएको छ ।
उक्त सडकखण्डको गणेश खोला पुलनजिकै भासिएपछि एकतर्फी रूपमा संचालनमा रहेको सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
एकतर्फी सञ्चालन भएको सडक २६ दिनपछि आजबाट दुईतर्फी रूपमा संचालनमा आएको हो । भासिएको स्थामा ग्याबिन जाली हालेर एकतर्फी रुपमा संचालनमा आएको थियो । तर उक्त कार्यमा पटकपटक अवरुद्ध हुँदै आएको थियो ।
वर्षाका कारण वैशाख १८ गते दिउँसो ४ बजेदेखि उक्त सडकखण्ड अवरुद्ध भएको थियो ।
प्रतिक्रिया