Main News

मूर्ति चोरीको कहालीलाग्दो तथ्यांक (भिडियो रिपोर्टसहित)

२०८० जेठ १३ गते २१:०३
मूर्ति चोरीको कहालीलाग्दो तथ्यांक (भिडियो रिपोर्टसहित)

१३ जेठ २०८० काठमाडौं । नेपाल संस्कृति र सभ्यताको राष्ट्र हो । मठमन्दिर, पाटीपौवा, मूर्ति र कला देशका गहना हुन् । तर बेलाबेलामा यी पुरात्त्व महत्व बोकेका सम्पादा चोरी हुने गरेको छ । कति देश भित्रै त कति देशबाहिर फेला पर्छ । सम्पदा चोरीको पछिल्लो ५ वर्षको यो तथ्याङ्क हेरौं ।

यो आकाश भैरवको मूर्ति २०७८ साल मंसिर २० गते मध्यरातमा काठमाडौंको नागार्जुन नगरपालिका–३, हल्चोकस्थित मन्दिरबाट चोरी भयो। यो मन्दिर सशस्त्र प्रहरीको मुख्यालय नजिकै रहेको छ ।

यो हो, लिच्छविकालिन ईखा नारायणको मूर्ति २०३४ सालमा असन र न्युरोडबीच थायमरु ईखा नारायण मन्दिरबाटै चोरी भएको थियो । यो मन्दिर अगाडि रहेको गरुड पनि चोरी भैसकेको छ । मूर्ति चोरी भएपछि पुजा(आजा र आस्थालाई कायम राख्न भगवान ईखा नारायण र गरुडको आकृति बनाइएको छ ।

२०७८ साल चैत २३ गते राति कालिमाटीस्थित मन्दिर प्राङ्गणबाट २ सय वर्ष पुरानो भनिएको भगवान कामदेवको मूर्ति चोरी भयो । मन्दिर नजिकै प्रहरी चौकी छ ।

२०७९ साल फागुन १७ गते राति ललितपुर चापागाउँ चिभा लाछीस्थित चैत्यमा रहेको ३१७ वर्ष पुरानो बुद्ध मूर्ति पनि चोरी भयो । स्तुपामा रहेको चारमध्ये उत्तर दिशामा फर्किएको शिरमा नाग भएको बुद्धको मूल मूर्ति चोरी भएको थियो ।

फागुन १७ को खबर नसेलाउँदै फागुन २८ गते राति उक्त चैत्यको पूर्वमा रहेको अक्षोभ्य र पश्चिममा रहेको अमिताभ गरी थप दुई बुद्ध मूर्ति चोरी हुनपुग्यो । अझै रोचक त के भने घटनास्थलबाट उत्तरतर्फ महानगरीय प्रहरी वृत्त चापागाउँको दूरी मात्र ५ सय मिटर रहेको छ । साथै घटनास्थलको छेउमा नै प्रहरी स्टकटिङ्ग हुन्छ ।

पछिल्लो ४ वर्षमा २ सय भन्दा बढी वस्तु फेला परेका छन भने ५० भन्दा बढी मूर्ति तथा सम्पदा हराएको पुरात्त्व विभागमा निवेदन परेको छ । संस्कृति र सभ्यतासंगत जोडिएका यी त केही उदाहरण मात्र हुनस नेपाल प्रहरीकै तथ्यांक हेर्ने हो भने–

आर्थिक वर्ष २०७९–८० बैशाखसम्म विभिन्न स्थान गरेर फरकफरक समयमा विभिन्न मूर्तिरशिलालेख लगायतका विभिन्न किसिमका गरेर ८ थान वस्तु फेला पार्दै ८ व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

२०७८–७९ मा ५१ थान वस्तु फेला
१८ जना पक्राउ
९ वटा वस्तु फेला पर्न नसकेको

२०७७–७८ मा ८ थान वस्तु फेला
७ जना पक्राउ
५ वटा पुरातात्विक वस्तु फेला पर्न नसकेको

२०७६–७७ मा १ थान वस्तु फेला
१ जना पक्राउ
१३ वटा वस्तु फेला पर्न नसकेको

२०७५–७६ मा १ सय ९६ थान वस्तु फेला
११ संलग्न पक्राउ
५ वस्तु अझै फेला नपरेको

विगत ५ वर्षमा प्रहरी रेकर्डमा देखिएका यी त केही प्रतिनिधि मात्र हुन जुन प्रहरीको उजुरीमा आयो दबाब सृजना भयो र प्रहरीको खोजअनुसन्धानले कतिपय फेला परे त कतिपय अझै हराएकै अवस्थामा छन् । सम्पदा संरक्षणका अभियन्ता सम्पदा चोरी हुनुमा सुरक्षा निकाय पनि जिम्मेवार रहेको आरोप लगाउँछन् ।

प्राचिन काल नेपाली सभ्यताको परिचय बोकेका यस्ता मूर्ति, सम्पदा नेपालको ऐतिहासिक गौरवगाथाका साक्षी हुन् । कुनैपनि कालखण्डका मूर्ति तथा सम्पदाले त्यसबखतको इतिहास, सभ्यता र संस्कृतिलाई चिनाउँछन् ।

माटो, काठ, ढुंगालगायत विभिन्न धातुबाट बनेका ती मूर्ति प्राचीन परिवेशका प्रामाणिक मुखपत्र समेत हुन्। तर विडम्बना नेपालका प्राचीन मूर्ति तथा सम्पदा अहिले कहाँ, कति र कुन अवस्थामा छन् भन्ने एकीन तथ्यांक कसैसँग छैन। यसरी नेपालको इतिहास, सभ्यता, धर्म र संस्कारको अभिलेख किन राखिंदैन या सरोकारवाला नै जानकारी हुँदैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *