ढल निर्माणमा अनुगमन गर्ने निकाय नै ठेकेदारसँग मिलेर अनियमिततामा संलग्न !(भिडियो रिपोर्टसहित)

२०८० जेठ १३ गते १८:१३
ढल निर्माणमा अनुगमन गर्ने निकाय नै ठेकेदारसँग मिलेर अनियमिततामा संलग्न !(भिडियो रिपोर्टसहित)

१३ जेठ २०८० सिराहा । नयाँ आर्थिक वर्ष सुरु हुनै लाग्दा जताततै असारे विकास भइरहेको देखिन्छ । बजेट फ्रिज हुने अवस्था आएपछि ठेकेदारले मापदण्डको प्रवाह नगरी अन्धाधुन्ध संरचना बनाउन थालेका छन् ।

यस्तै भइरहेको छ सिराहाको कर्जन्हा नगरपालिकामा । ढल निर्माणमा लापरवाही गरे(नगरेको अनुगमन गर्ने निकाय नै ठेकेदारसँग मिलेर अनियमिततामा संलग्न रहेको स्थानीयको आरोप छ ।

सिराहाको कर्जन्हा नगरपालिका मरेवामा निर्माण भइरहेको नाला चर्किन थालेको छ । बस्तीपुरदेखि भेडियाँ, चिक्ना भोक्राहा जोड्ने मुल सडकको कर्जन्हा ७ सिमरा, मरेवामा सडकको दुबै साइडमा निर्माण हुन लागेको नालाको काममा कमसल र गुणस्तरहीन काम हुँदा नालाको बीचभागमा चीरा परेको हो ।

गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाइएको भन्दै स्थानीय विरोधमा छन् । निर्माणको जिम्मा पाएको पवन एन्ड जीवन निर्माण सेवा कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै उनीहरुले नाला निर्माणमा अवरोध गरेका छन् ।

गुणस्तरहीन काम भएको सूचना पाएपछि मेयर भोलाप्रसाद पोखरेलले आफूले अनियमितता हुन नदिने प्रतिवद्धता जनाउनु भयो ।

ठेकेदार कम्पनी भने मापदण्डअनुसार काम भइरहेको दाबी गरिरहेको छ । वर्षा र माटोको दबाबले गर्दा कँहीकतै नालाको पर्खाल चर्किएको हुनसक्ने ठेकेदारको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *