मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

हिमालय टिभी
२०८० जेठ १३ गते १७:१६
मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, तीन जना घाइते

१३ जेठ २०८० सिरहा । सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छ्न् ।

नरहा गाउँपालिका–३ स्थित रहेको अन्कुर होटल नजिक प्रदेश–२–०१००३ प ६३२१ नम्बरको स्कुटर र स ७ प २६१२ नम्बरको मोटरसाइकल अकआपसमा ठोक्किदा एक युवकको मृत्यु भएको हो ।

दुर्घटनामा नरहा गाउँपालिका–३ का रन्जित साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यलय गोलबजारका प्रहरी निरीक्षक डुपेन्द्र प्रसाद बुदाथोकीले जानकारी दिनयुभयो ।

दुर्घटनामा मिर्चैया नगरपालिका–३ का उमेश महरा र बेचन महरा र सन्जय ठाकुर घाइते भएका छन । घाइतेमध्ये उमेश महराको अवस्था गम्भीर रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *