माओवादी सांसद दाहाल देशद्रोही भएको अध्यक्ष ओलीको आरोप

हिमालय टिभी
२०८० जेठ १२ गते १७:३७
माओवादी सांसद दाहाल देशद्रोही भएको अध्यक्ष ओलीको आरोप

१२ जेठ २०८० काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिनु भएको छ ।

देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उहाँको जिकीर थियो ।

पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहिन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताउनुभयो ।

एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद अवरुद्ध गर्नु परेको पनि अध्यक्ष ओलीको बताउनु भयो । उहाँले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएपनि सत्तारुढ दलहरुले मिलेर आरोप लगाइरहेको समेत बताउनु भयो ।

अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरु सांसद भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दावी समेत गर्नु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *