खेलकूद

काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालको विजयी शुरुवात

हिमालय टिभी
२०८० जेठ ८ गते १८:३६
काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालको विजयी शुरुवात

८ जेठ २०८० काठमाडौं । एनएससी-काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले विजयी शुरुवात गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहल त्रिपुरेश्वरमा भएको खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराउँदै नेपालले सुखद शुरुवात गरेको हो । नेपालले कीर्गिस्तानलाई २५–११,२५–१९ र २५–११ ले हरायो । जितसँगै समूह एको नेपालले ३ अंक जोडेको छ । नेपालले दोस्रो खेलमा भोलि बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

यसअघि आजै भएको समूह ए को पहिलो खेलमा भारतले बंगलादेशलाई सोझो सेटमा पराजित गरेको थियो । भारतले बंगलादेशविरुद्ध २५–३, २५–९ र २५–६ को सहज जित निकाली ३ अंक जोडेको हो ।

प्रतियोगिताको पहिलो खेलमा समूह बी मा रहेको उज्वेकिस्तानले श्रीलंकालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । उज्वेकिस्तानले श्रीलंकालाई २७–२५, २५–२० र २५–१४ ले हराउँदै तीन अंक जोडेको छ । सुरुवाती दुई सेटमा श्रीलंकाले अग्रता लिए पनि जोगाउन सकेन ।

आजको अन्तिम खेलमा माल्दिभ्स र काजकास्तानबीच प्रतिस्पर्धा भइरहेको छ ।

प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र कीर्गिस्तान छन् । त्यस्तै समूह बी मा श्रीलंका, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान छन् । नेपालले भोलि बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ ।

अघिल्ला दुई संस्करणमा उपाधि उचालिसकेको नेपाली टोलीले घरेलु कोर्टको फाइदा उठाउँदै ह्याट्रिकको लक्ष्यका रहेको छ । राउण्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिष्पर्धा गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्