राजनीति

एमालेले संघीयताका विषयमा पुनर्विचार नगर्ने

हिमालय टिभी
२०८० वैशाख ३० गते १७:४३
एमालेले संघीयताका विषयमा पुनर्विचार नगर्ने

३० वैशाख २०८० काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संघीयताका विषयमा पार्टीले पुनर्विचार नगर्ने बताउनुभएको छ ।

पार्टीको केन्द्रीय कमिटी समापनका क्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । अध्यक्ष ओलीले पार्टी बैठकमा केही नेताहरुले राखेको प्रस्तावलाई पार्टी निर्णय जसरी प्रचार गरिनु उपयुक्त नभएको बताउनुभयो ।

हिजोको बैठकमा पोलिटव्यूरो सदस्यहरु गोकुल बास्कोटा, महेश बस्नेत, निरु पाल, ऐन महर लगायतले प्रदेश खारेज गर्नुपर्ने प्रस्ताव राख्नु भएको थियो ।

अध्यक्ष ओलीले संघीय संविधान जारी गर्दा भारतले करिब ६ महिना नाकाबन्दी गरेको स्मरण गर्दै पार्टी संवैधानिक प्रवन्धबाट दायाँबायाँ नगर्ने स्पष्ट पार्नुभएको केन्द्रीय सदस्य एवं प्रचार तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्