राजनीति

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने

हिमालय टिभी
२०८० वैशाख १७ गते १२:५६
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने

१७ वैशाख २०८० काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी नहुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग रास्वपा सभापति रवि लामिछाने आज बालुवाटारमा भेट गर्दै पार्टी सरकारमा नजाने बताउनुभएको हो । सभापति लामिछानेले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिने संकेत गर्नुभएको बताइएको छ ।

वैशाख १० को उपचुनावबाट फेरि प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकामा लामिछानेलाई बधाई दिएका प्रधानमन्त्री प्रचण्डले रास्वपाले अघि सार्ने शर्त मान्न सकिने संकेत गर्दै सरकारमा आउन आग्रह गर्नुभएको थियो ।

नयाँ गठबन्धन बनेसंगै सरकारको नीति तथा कार्यक्रमबाट भ्रष्टाचारको फाइल खोल्ने एजेन्डा हटाइएकोप्रति पनि सभापति लामिछानेले असन्तुष्टि जनाउनु भएको थियो । प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आउनु जोड गर्दै नीति तथा कार्यक्रम सच्याउन सकिने संकेत गर्नुभएको थियो ।

नागरिकता प्रकरणमा रास्वपा सभापति लामिछानेको सांसद पद खारेज भएपछि रास्वपा सरकारबाट बाहिरिएको थियो । तर सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । यसैबीच रास्वपाले भोलिका लागि केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्