राजनीति

प्रदेशसभाहरु मन्त्री उत्पादनको कारखाना बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख १५ गते २०:४७
प्रदेशसभाहरु मन्त्री उत्पादनको कारखाना बन्दै (भिडियो रिपोर्टसहित)

१५ वैशाख २०८० काठमाडौं । एक सय दश दिनमा सात प्रदेशमा दश मुख्यमन्त्री । पाँच वर्षका लागि निर्वाचित संसदको अंकगणित अस्थिर बन्दा यो संख्या पाँच वर्षसम्म कति पुग्ने हो ठेगान छैन ।

केन्द्रको समीकरण अनुसार प्रदेशमा गठबन्धन परिवर्तन हुँदा पूर्वमुख्यमन्त्रीको संख्या निकट भविष्यमै थप बढ्ने देखिन्छ भने राज्यकोषमा भार थपिने क्रम पनि जारी छ ।

पुस २५ पछि सातै प्रदेशमा नयाँ सरकार बने । तर सातै प्रदेशमा केन्द्रीय गठबन्धनअनुसार राजनीतिक समिकरण फेरबदल हुँदा मुख्यमन्त्री र मन्त्रीहरु फेरिएको फेरिएै छन् । र यो क्रम अझै जारी छ । सबैभन्दा कम समय सुदूरपश्चिममा एमालेका राजेन्द्र रावल ३० दिन मात्रै मुख्यमन्त्री बन्नुभयो भने लुम्बिनी र गण्डकीमा पनि एमालेका मुख्यमन्त्रीले सय दिन हाराहारी काम गर्ने मौका पाए ।

मंसिर चारको संघ र प्रदेश निर्वाचनपछि सात प्रदेशमा दश जना मुख्यमन्त्री भइसकेका छन् । सात प्रदेशमा एक सय दश दिनमा मुख्यमन्त्री र मन्त्रीको संख्या बढेको बढ्यै हुँदा जनतामा पनि निराशा बढीरहेको छ ।
कुन प्रदेशमा कहिले को मुख्यमन्त्री बने र कति मन्त्री फेरिए त रु

कोशी प्रदेश
पुस २५ गते एमालेका हिक्मत कार्की मुख्यमन्त्री नियुक्त
हाल मुख्यमन्त्रीसहित ९ मन्त्री

मधेश प्रदेश
पुस २७ गते जसपा नेता सरोज यादव मुख्यमन्त्री नियुक्त
पुस २९ मा एमाले, जसपा र जनमतका एक(एक मन्त्री नियुक्त
माघ २० गते ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त
चैत २१ गते एमालेका चार मन्त्री र एक राज्यमन्त्रीको राजीनामा

बागमती प्रदेश
पुस २५ गते माओवादी नेता शालीकराम जमकट्टेल मुख्यमन्त्री नियुक्त
पुस २६ मा तीन सदस्यीय मन्त्रीमण्डल गठन
माघ ११ गते ८ मन्त्रीको शपथ
फागुन १३ मा राप्रपाका तीन मन्त्रीको राजीनामा
चैत १० गते एमालेका चार मन्त्रीको राजीनामा
चैत २६ मा कांग्रेसका दुई मन्त्रीको शपथ

गण्डकी प्रदेश
पुस २५ गते एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्तर तीन मन्त्रीको शपथ
माघ १० गते तीन मन्त्रीको शपथ
चैत १० गते माओवादीका दुई मन्त्रीको राजीनामा
वैशाख १० गते मुख्यमन्त्री अधिकारी पदमुक्त
वैशाख १४ गते मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
वैशाख १५ गते मुख्यमन्त्री पाण्डेको शपथ, दुई मन्त्री नियुक्त

लुम्बिनी प्रदेश
पुस २८ गते मुख्यमन्त्री लिला गिरीको शपथ र दुई मन्त्री नियुक्त
माघ २८ गते मन्त्रिपरिषद्लाई पूर्णता, दश मन्त्री
चैत १२ मा मा‌ओवादीका तीन मन्त्रीको राजीनामा
वैशाख ११ गते मुख्यमन्त्री गिरी पदमुक्त
वैशाख १४ गते मुख्यमन्त्री डिल्लीबहादुर चौधरी नियुक्त
वैशाख १५ गते मुख्यमन्त्री चौधरीको शपथ, तीन मन्त्री नियुक्त

कर्णाली प्रदेश
पुस २७ मा मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा नियुक्त
माघ ११ मा चार मन्त्रीको शपथ
चैत २६ मा एमालेका तीन मन्त्रीको राजीनामा
वैशाख ७ गते कांग्रेसका तीनसहित चार मन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश
पुस २७ मा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री नियुक्त
पुस २८ मा एमाले र माओवादीका एक(एक जना मन्त्री नियुक्त
माघ २६ मा विश्वासको मत नपाएर रावल पदमुक्त
माघ २७ गते मुख्यमन्त्री कमलबहादुर शाहको सपथर दुई मन्त्री नियुक्त

संविधानले परिकल्पना गरेको संघीयताको अभ्यास गर्ने क्रममा प्रदेशहरु मुख्यमन्त्री र मन्त्री उत्पादनको कारखाना बन्दा जनताले भने सास्ती बाहेक केही पाउन सकेका छैनन् । राज्यले पूर्वमुख्यमन्त्रीलाई दिने सुविधाबापतको खर्च बढेको बढ्यै छ भने दलहरु थप मुख्यमन्त्री बनाउने अभ्यासमै छन् । राजनीतिक अस्थिरताको बिउ प्रदेशहरुमा रोपिएको छ ।

सत्तारुढ र विपक्षी दलहरु नै सरकार गिराउने र बनाउने खेलमा हुँदा कोशी र मधेस सरकार परिवर्तनको चलखेल जारी छ । यस्तोमा पूर्वमुख्यमन्त्रीले पाउने सुविधा थप हुने देखिन्छ । सबै प्रदेशमा पूर्वमुख्यमन्त्रीलाई दिने सुविधासम्बन्धी प्रष्ट कानुन बनिनसके पनि विपक्षी दलको नेतालाई सरह सुविधा दिइंदै आएको छ। यस्तोमा सरकारी गाडी, चालक, सुरक्षार्थ खटिने पिएसओ र सचिवालयका एक कर्मचारीको तलब राज्यकोषमा भार परिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्