विश्वासको मत पाउन नसकेपछि लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त
![विश्वासको मत पाउन नसकेपछि लुम्बिनीका मुख्यमन्त्री लिला गिरी पदमुक्त](https://www.himalayatv.com/wp-content/uploads/2023/01/lumbini-pradesh.jpg)
११ वैशाख २०८० दाङ । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ । आज प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै सरकार ढलेको हो ।
प्रदेश सभामा सोमबार भएको मतदानमा गिरीले प्रस्तुत गर्नुभएको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो ।
मतदानमा प्रस्तावको पक्षमा अर्थात् गिरीको पक्षमा ३३ सांसदले मात्रै मत दिएका थिए । प्रस्तावको विपक्षमा ५३ मत परेको सभामुख तुलाराम घर्तीमगरले घोषणा गर्नुभयो ।
विश्वासको मत पाउन नसकेपछि मुख्यमन्त्री गिरीको सत्तायात्रा १०३ दिनमै टुंगिएको छ । गिरी गत पुस २७ गते एमाले, माओवादी केन्द्र, राप्रपा, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोसपा तथा स्वतन्त्र सांसदहरुको सहयोगमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
माघ ५ गते पहिलो पटक विश्वासको लिँदा गिरीलाई ५७ मत प्राप्त भएको थियो । त्यतिबेला उहाँको विपक्षमा २८ मत खसेको थियो । तर सत्ता समीकरण फेरिएपछि चैत १२ मा माओवादी, जसपा र जनमत पार्टीका मन्त्रीहरुले राजीनामा दिँदै समर्थन फिर्ता लिएका थिए ।
प्रतिक्रिया