Main News

राहदानी बनाउनकै लागि सीमित राष्ट्रिय परिचय पत्र के हो ? के-के हुन्छ समावेश ? (भिडियो रिपोर्टसहित)

२०८० वैशाख ५ गते १८:२४
राहदानी बनाउनकै लागि सीमित राष्ट्रिय परिचय पत्र  के हो ? के-के हुन्छ समावेश ? (भिडियो रिपोर्टसहित)

५ वैशाख २०८० काठमाडौं । सरकारले प्रदान गर्दै आएको परिचयपत्रमा अहिले राष्ट्रिय परिचयपत्र पनि थप गरेको छ । नागरिकको सम्पूर्ण विवरण एउटै डिजिटल कार्डमा रुपान्तरण गर्ने भन्दै सुरु गरिएको राष्ट्रिय परिचयपत्रको काम राहदानी बनाउनकैलागि सिमित बनेको छ । राष्ट्रिय परिचय पत्र के हो ? यसमा के के समावेश हुन्छ ? र, यसको उपयोगिता के ?

तपाईँ कुनै सरकारी कामका लागि जानुभयो भने वा कुनै सरकारी सेवाका लागि जनुपर्ने भयो भने कुन(कुन कागजात चाहिन्छ रु त्यो आफैंलाई नै थाहा हुँदैन । कतिपय अवस्थामा त कागजपत्र छुट्नाले नै सेवाबाट वञ्चितसमेत हुनुपर्छ । यस्तो समस्या तपाईँले पनि भोग्नुभएको होला । हो, यी नै समस्यालाई ध्यानमा राख्दै सरकारले एउटा एकीकृत परिचयपत्रको अवधारणा सुरु गरेको थियो । जसमा सम्पूर्ण परिचयपत्रको विवरण राख्ने सरकारको ध्येय थियो ।

अनि अहिलेको विज्ञान र प्रविधिको युग सुहाउँदो डिजिटल कार्डको रुपमा त्यसलाई प्रयोग गर्ने सरकारी लक्ष्य थियो । यहिँबाट सरकारले राष्ट्रिय परिचयपत्रको अवधारण अघि सार्यो । सोहिकारण २०६७ साउन १ मा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रको स्थापना भयो । राष्ट्रिय परिचयपत्रको उपयोगिता नै नभएपछि धेरैले यसमाथि प्रश्न उठाउन थालेका छन् ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ ले केही विवरणहरु परिचयपत्रको दृष्य भागमा रहने र अन्य विवरणहरु चिप्स तथा प्रणालीमा रहने गरी तोकेको अवस्था छ ।

परिचयपत्रको दृष्य भागमा व्यक्तिको नाम, थर, जन्ममिति, लिङ्ग, राष्ट्रियता, परिचय नम्बर, फोटो, परिचयपत्र जारी मिति र जारी गर्ने अधिकारी, स्थायी ठेगाना, नागरिकताको किसिम र नागरिकता नम्बर जस्ता विवरण राखिनेछ । त्यसैगरी ऐनले चिप्स र प्रणालीमा माथिको विवरणको अतिरिक्त अस्थायी ठेगाना, जैविक विवरण एवं तोकिए बमोजिमका अन्य वैयक्तिक तथा जैविक विवरण रहने व्यवस्था गरेको छ ।

राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्राप्तिका लागि मुख्य आधार तथा व्यक्तिको पहिचानको प्रमाणको रूपमा मान्यता प्रदान गर्ने सरकारको लक्ष्य थियो । तर, अहिले उक्त लक्ष्य कार्यान्वयन नै हुन सकेको छैन । राष्ट्रिय परिचयपत्र राहदानी बनाउने एउटा परिचयपत्रमै सिमित भएको छ । राहदानी बाहेकका कुनै पनि प्रयोजनमा राष्ट्रिय परिचयपत्र काम लाग्दैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *