राजनीति

पूर्वराजाको विज्ञप्तिले राजनीति तरंगित (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख २ गते २१:०३
पूर्वराजाको विज्ञप्तिले राजनीति तरंगित (भिडियो रिपोर्टसहित)

२ वैशाख २०८० काठमाडौं । औपचारिक दिन तथा दिवसमा विज्ञप्ति जारी गरेर आफ्ना धारणा सार्वजनिक गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाह पछिल्ला दिनमा नागरिकको माझमै पुग्न थाल्नु भएको छ ।

दलहरु शक्तिको हानाथापमा रहेका बेला पूर्वराजा ज्ञानेन्द्र नागरिकको वितृष्णालाई ुक्यासु गर्न लालायित हुनुहुन्छ । कहिले झापा त कहिले सुनसरी पुग्ने ज्ञानेन्द्र शाह बेलाबेला विज्ञप्ती पनि जारी गर्नुहुन्छ। दलका नेताहरु यसलाई निकै चुनौती मान्ने गर्छन् । नयाँ वर्षको अवसरमा पनि राजनीतिक विज्ञप्तिको पासा फाल्नुभएका पूर्वराजा सतहमै उत्रदा राजनीति तरंगित छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह देशका विभिन्न भाग मात्र पुग्नुभएको छैन उहाँ त वक्तव्यवाजीमा पनि उत्रिने गर्नुभएको छ । प्रजातन्त्र दिवस होस् वा नयाँ वर्षको अबसरमा दिइने शुभकामना, पूर्वराजाको असन्तुष्टि सुनिन्छ ।

यो पूर्वराजा शाहले नयाँ वर्ष २०८० को अवसरका दिएको शुभकामना संदेश हो । उहाँले अहिलेको राज्यसञ्चालन प्रणाली माथि नै प्रश्न उठाउनुभएको छ । विद्यामान राजनीतिक दलले जनचाहनाअनुसारको काम गर्न नसकेको उहाँको बुझाइछ ।

अहिलेको राजनीति दलको चरित्रले युवालाई देशमै केहि गरुँ भन्ने भावना नै हराएर गएको उहाँले यो विज्ञप्तीमा उल्लेख गर्नुभएको छ । जनताको चहाना भन्दा आफू र आफू निकटस्थका लागि राज्य सत्ता र शक्तिको प्रयोग भएकाले देश बरवादीतर्फ धकेलीएको उहाँले आरोप लगाउनुभएको छ ।

नयाँ वर्षमा मात्रै होइन् पूर्वराजाले चाडपर्व, विभिन्न दिवस र घटनाक्रममा यस्ता विज्ञप्ती जारी गर्नेगर्नुहुन्छ । र ती सबै विज्ञप्तिको एउटै सार छ अहिलेको प्रणालीलाई दोष, अनि गुमेको सत्ता प्राप्ति । किनकि बारम्बार राजनीतिक दललाई दोष देखाउँदै अघोषित रुपमा राजतन्त्र नै सहि भएको स्वस्मुल्यांकनमा हुनुको अर्थ राजतन्त्र फिर्ती र पुनः गद्दिआरोहण बाहेक के उद्देश्य होला र ?

यसअघि गत फागुन ६ गते राजा ज्ञानेन्द्रले जारी विज्ञप्तीले खुबै तहल्का पिट्यो । राष्ट्रपति निर्वाचनको रस्साकस्सी चलिरहँदा उहाँले दलहरुलाई आफूसँग सहकार्य गर्न आग्रह गर्नुभयो । मुलुक अधोगतिमा लागेको भन्दै प्रजातन्त्र जोगाउन राजनीतिक दल र राजसंस्थाबीच सहकार्य गर्न उहाँले आग्रह गर्नुभएको थियो ।

विज्ञप्ती जारी गर्न मात्रै होइन् पूर्वराजा ज्ञानेन्द्र पछिल्लो समय सार्वजनीक कार्यक्रममा पनि सक्रिय हुनथाल्नुभएको छ । यसले पनि उहाँ जनतामाझ भिज्न खोजेको प्रष्ट देखिन्छ । पछिल्लो समय आफूले जारी गर्ने हरेक विज्ञप्तीमा दललाई दोष दिने र आफू पुनः राजा बन्ने धोको व्यक्त गरिहनुभएको छ । उहाँका यी विज्ञप्तीले साँचै राजा फर्कने सम्भावना छ त रु अनि दल र तीनका नेतासँग जनताको विश्वास गुम्दै गएको हो त रु जस्ता प्रश्न उठाएको छ ।

अनि पुराना दलका विकल्पमा नयाँ दल, स्वतन्त्र व्यक्ति र युवालाई मौका दिएका नेपालीले पूर्व राजाको विज्ञप्ती राजनीतिलाई भने खास चासो दिएको देखिदैन । त्यसैले होला प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार आयोजित एक कार्यक्रममा प्रतिक्रियावादीहरु सल्बलाएको आरोप लगाउनुभएको थियो ।

पूर्वराजा शाह विज्ञप्तीमा मात्र सिमित हुनुहुन्न उहाँ त कहिले झापा त कहिले नागरिक अभिनन्दनका नाममा सुनसरीको इनरुवा पुग्नुभयो । उहाँले राजसंस्था समर्थकको दल राप्रपाका नेतारकार्यकर्तासँगको संवादलाई पनि निरन्तरता दिंदै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्