खेलकूद

ए डिभिजन लिग नवप्रवेशीको दबदबा (भिडियो रिपोर्टसहित)

२०८० वैशाख १ गते २०:४९
ए डिभिजन लिग नवप्रवेशीको दबदबा (भिडियो रिपोर्टसहित)

१ वैशाख २०८० काठमाडौं । राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगको आठौं चरणका खेलहरु सम्पन्न हुँदा सातदोबाटो युथ क्लबले लिड गरिरहेको छ । साविक विजेता मछिन्द्र क्लब उपाधि जोगाउनै संघर्ष गरिरहँदा बलिया मानिएका विभागीय टोलीको प्रदर्शनले समर्थक निराश छन् ।

आठौं चरणको समाप्तीमा सातदोबाटो युथ क्लब ५ जित, १ बराबरी र २ हारको नतिजासहित १६ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ । दोस्रो पटक शीर्ष श्रेणीको लिग खेलिरहेको सातदोबाटोलाई ए डिभिजनकै सर्वाधिक सफल ८ पटकको च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबले १५ अंक बनाउँदै पछ्याईरहेको छ ।

गत सिजन खराब प्रदर्शन गरेको जावलाखेल युथ क्लबले यस पटक शनशनीपूर्ण प्रदर्शन गरिरहँदा २ पटकको च्याम्पियन तथा साबिक विजेता मछिन्द्र क्लब उपाधि होडमा फर्किनै संघर्ष गरिरहेको छ । मछिन्द्र १२ अंक सहित तालिकाको आठौं स्थानमा छ । बरु डेब्युटान क्लब चर्च ब्वाईज युनाईटेड १४ अंकसहित तेस्रो स्थानमा छ ।

चर्च ब्वाइज अहिलेसम्म अपराजित एकमात्र टोली हो । ५६ खेल सम्पन्न हुँदा कुल १४० गोल भए । जसमा ८ गोल सहित मछिन्द्रका आफिज ओलावले सर्वाधिक गोलकर्ता छन् । उनी लिगमा अहिलेसम्म एकमात्र ह्याट्रिक कर्ता हुन् । एफसी खुमलटारविरुद्ध उनले ५ गोल गरेका थिए । मछिन्द्र र खुमलटारबीचको यो खेलमा कुल १० गोल भयो । जहाँ मछिन्द्र ७(३ गोलले जित्यो ।

अहिलेसम्म १६ खेल बराबरीमा हुँदा चर्च ब्वाईजका गोलकिपर युएस प्रिसोले ४ खेलसम्म क्लिनसिट राखे । जावलाखेलका फरवार्ड हिशुव थपलियाले सर्वाधिक धेरै ३ वटा असिस्ट गरेका छन् । सातदोबाटोका सारदोरबेक मतमुरातोभ र एपिएफका अदामा दोम्बियाले १(१ रातो कार्ड पाएका छन् । साबिक विजेता मछिन्द्र र उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले सर्वाधिक १३(१३ गोल गर्दा सबै भन्दा कम संकटा क्लबले ४ गोल मात्र खाएको छ ।

लिगमा २५ प्रतिशत भन्दा बढि खेलहरु सकिँदा विभागीय टोलीलाई विरासत जोगाउनै मुस्किल परिरहेको छ । त्यसैले नेपाल पुलिस क्लबले यो सिजनमा पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गर्यो । यसअघि गत सिजनदेखी एपिएफ क्लबले पनि विदेशी खेलाडी खेलाउँदै आएको छ । अब नवौं चरणका खेलहरु शनिबार सुरु हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्