राजनीति

जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल

हिमालय टिभी
२०७९ चैत २९ गते १७:१२
जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल

२९ चैत २०७९ काठमाडौं । तनहुँ– १ को उपनिर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन गोविन्दराज जोशी समूहलाई फकाउने कांग्रेसको प्रयास असफल भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले जोशीलाई पार्टीमा काम गर्न आह्वान गरेका थिए । तर, जोशीले निर्वाचनलक्षित स्वार्थका कारण फकाउन खोजिएको भन्दै प्रस्ताव अस्वीकार गर्नुभएको छ ।

जोशीसँग तनहुँमा ६ हजारको हाराहारीमा मत रहेको विश्लेषणसहित कांग्रेसले उहाँलाई गरेको कारवाही पनि फिर्ता लिएको र केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको थियो । जोशीले अघिल्ला निर्वाचनमा कांग्रेस उम्मेदवारको विरुद्ध गतिविधि गरेकोभन्दै कारवाही गरेको थियो ।

साधारण सदस्यतासमेत नरहने गरी कारवाही गरेपछि जोशी रुष्ट हुँदै आउनुभएको थियो । सम्मानजनक भूमिका पाए कांग्रेसमै सक्रिय भएर काम गर्न जोशी तयार हुनुभएको थियो । तर, कांग्रेसले चुनावलक्षित गरेर मात्रै कुरा अगाडि बढाएको भन्दै आज विज्ञप्ती जारी गरेर वार्ता समाप्त भएको घोषणा गर्नुभएको हो ।

कांग्रेस तनहुँको समस्या समाधान नगरी अझ झन् बल्झिएको जोशी समूहको बुझाइ छ। कांग्रेसका वरिष्ठ नेता पौडेल राष्ट्रपति बनेपछि अहिले उपनिर्वाचन हुन लागेको हो। तनहुँमा पौडेल र जोशी समूहबीच लामो समयसम्म टकराब रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्