राजनीति

कर्णाली सरकारबाट एमालेलाई ‘धकेलेरै’ हटाउने ! (भिडियो रिपोर्टसहित)

२०७९ चैत २४ गते २०:५०
कर्णाली सरकारबाट एमालेलाई ‘धकेलेरै’ हटाउने ! (भिडियो रिपोर्टसहित)

२४ चैत २०७९ सुर्खेत । मुख्यमन्त्री राजकुमार शर्माले निर्णय लिन नसक्दा कर्णाली प्रदेश सरकार संघीय सरकारको समीकरण विपरीत छ ।

संघीय गठबन्धनमा रहेको कांग्रेस कर्णालीमा सरकारबाहिर छ । एमाले सरकारमा छ । संघीय गठबन्धन अनुसाार समीकरण बनाउन नसक्दा केन्द्रका नेताले प्रदेशमा हस्तक्षेप थालेका छन् ।

प्रदेशमा केन्द्रीय समीकरण अनुसार सत्तासाझेदार दलहरुबीच औपचारिक रुपमा सरकारको पुनर्संरचनाका लागि छलफल हुन नसक्दा कर्णाली प्रदेश सरकारमा केन्द्रीय नेताले हस्तक्षप गर्न थालेका छन् । संविधानले स्वायत्त अधिकार दिएका प्रदेशमा सरकार गठनका लागि केन्द्रको निर्देशन कुर्ने र केन्द्रबाट हस्तक्षेप हुने सबै प्रदेशमा देखिएको छ ।

केन्द्रको नयाँ समीकरण अनुसार कर्णालीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको थियो । गत माघ ६ गते कर्णाली प्रदेशमा एमालेको समर्थनमा माओवादीका राजकुमार शर्मा मुख्यमन्त्री हुनु भएको थियो ।

उहाँले चैत १७ गते दोस्रो पटक एमाले, कांग्रेस र नेकपा एकीकृत समाजवादीबाट विश्वासको मत लिनु भयो । कांग्रेसबाट धोकाको डरले मुख्यमन्त्री शर्माले विश्वासको मतका लागि एमालेसँग सहकार्य गर्नुभएको थियो । अर्कोतर्फ एमालेबाट सरकारमा सहभागि मन्त्रीहरु भने मुख्यमन्त्री शर्माले आफूहरुलाई सरकारबाट नहटाउने दावी गर्छन् ।

यता कांग्रेस भने केन्द्रको समीकरण र सम्झौता अनुसार आलोपालो सरकारको नेतृत्वमा पहिलो पालो आफ्नो भएको दाबी गरिरहेको छ । प्रदेशस्तरकै नेताहरुले निर्णय लिन ढिलाई गर्दा कर्णालीमा मन्त्री बनाउनका लागि केन्द्रबाट नेताहरु सुर्खेत पुगेका छन् ।

माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेर अघि बढ्न नसकिने बताइरहे पनि मुख्यमन्त्री शर्माले एमालेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिन सकेका छैनन् । कांग्रेस कहिले सत्तामा जाने र एमाले कहिले सरकारबाट बाहिरिने भन्ने विषय अन्योलमा देखिन्छ । यसो हुनुको कारण सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र नै अलमलमा रहेको कांग्रेसको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्