राजनीति

मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकता घोषणा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २४ गते १५:५०
मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच एकता घोषणा (भिडियो रिपोर्टसहित)

२४ चैत २०७९ काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतबीच आज पार्टी एकता घोषणा भएको छ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गरी पार्टी एकताको घोषणा गरिएको हो । पार्टी एकताको आधारहरु मार्क्सवाद–लेनिनवाद(माओवादको मार्गनिर्देशक सिद्धान्त, नयाँ जनवादी क्रान्तिको आम कार्यक्रम, वैज्ञानिक समाजवादको आधारभुत कार्यक्रम रहेको जनाइएको छ ।

पार्टी एकताको औपचारिक घोषण अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा आउँदो मे १ मा हुनेछ ।

तत्कालीन नेकपा माओवादीमा सँगै रहेका वैद्य र बास्तोला पुनस् एक ठाउँमा आउनु भएको हो । पहिलो संविधानसभा चुनावमा सबैभन्दा ठूलो शक्तिका रूपमा उदाएको तत्कालीन नेकपा माओवादी विभिन्न फुटको शृखंलाबाट गुज्रिएको छ ।

पहिलो पटक वैद्य समूह २०६९ साल असार ४ मा विभाजित भएको थियो । वैद्य समूहबाट नेत्रविक्रम चन्दलगायतका नेताहरू छुट्टिएर नेकपा गठन गरेका थिए ।

केही समय भूमिगत भएर हिंसात्मक गतिविधि मच्चाएको यो समूह सरकारसँगको शान्ति प्रक्रियामा आएपछि पुनः विभाजित भयो । चन्द संसद्‌वादमा फसेको भन्दै असन्तुष्ट पक्षका नेताहरूले नयाँ पार्टी गठन गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्