Main News

उपेन्द्र यादवलाई ओलीले भने– चुनाव जितेर मन्त्री हुनेबाहेक के गर्नुभयो ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २२ गते १८:०९
उपेन्द्र यादवलाई ओलीले भने– चुनाव जितेर मन्त्री हुनेबाहेक के गर्नुभयो ? (भिडियो रिपोर्टसहित)

२२ चैत २०७९ बारा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेश केन्द्रित दलले मधेशी जनता ठग्नेबाहेक केही नगरेको आरोप लगाउनुभएको छ ।

आज बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विकास गर्ने नाममा मधेश केन्द्रित दलले जनतालाई ठगेको आरोप लगाउनुभएको हो । उहाँले एमालेबाहेक अन्य दलले विकास गर्न नसक्ने दावी गर्दै जसपाका अध्यक्ष उपेन्द्र यादवले धोका दिएको बताउनुभयो ।

अप्ठ्यारोमा साथ दिँदा यादवले गलत भूमिका निर्वाह गरेको भन्दै मधेशका लागि उपेन्द्र विकल्प नभएको टिप्पणी गर्नुभयो । चुनाव जितेर मन्त्री हुनेबाहेक यादवले अहिलेसम्म केही गर्न नसकेको उहाँको भनाइ थियो ।

अध्यक्ष ओलीले अयोग्य लडाकुलाई राहत रकम उपलब्ध गराउने सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै पैसा बाँडेर द्वन्द्वपीडितको समस्या समाधान नहुने टिप्पणी गर्नुभयो । माओवादी द्वन्द्वपीडितलाई संक्रमणकालीन न्यायअन्तर्गत न्यायदिनुपर्ने उहाँको भनाइ थियो ।

सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिनुपर्ने समेत उहाँको तर्क थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *