Main News

सरकारबाट विकासको कुनै सम्भावना छैन : उपमहासचिव गुरुङ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २१ गते १४:०५
सरकारबाट विकासको कुनै सम्भावना छैन : उपमहासचिव गुरुङ (भिडियो रिपोर्टसहित)

२१ चैत २०७९ सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकासको कुनै सम्भावना नरहेको टिप्पणी गर्नुभएको छ ।

आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै एमाले उपमहासचिव गुरुङले सत्ता गठबन्धनका कारण नेपालको भूराजनीतिक र कूटनीतिक सम्बन्ध जटिल बन्दै गएको बताउनुभएको हो ।

देशको आर्थिक, सामाजिक क्षेत्र निकै कमजोर भइरहेका बेला भूराजनीतिक अवस्था अझ जटिल बन्दै गइरहेको उहाँको भनाइ छ । एमालेले अब सत्ता तोड्ने र जोड्ने खेल भन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिकामा निर्वाह गर्ने उहाँको दावी थियो ।

फरक प्रसंगमा नेता गुरुङले कर्णाली सरकारलाई विश्वासको मत दिनु विशेष परिस्थिति भएको तर्क गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *