Main News

रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा दर्ता

हिमालय टिभी
२०७९ चैत २० गते १५:०२
रास्वपा सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दा दर्ता

२० चैत २०७९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग सम्बन्धीको मुद्दामा भोलि पेशी तोकिएको छ ।

युवराज पौडेल सफलले लामिछाने अमेरिकी नागरिक रहेकै अवस्थामा नेपालको राहदानी लिएर दुरुपयोग गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो । उहाँको रिट मुख्य रजिष्ट्रारले अध्ययन गरेर आज दर्ता भएकोछ ।

पेशी भोलिका लागि तोकिएको सर्वोच्च अदालतले जनाएको छ । लामिछानेले आजै चितवन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आफ्नो मनोनयन दर्ता गराइसक्नुभएको छ ।

मंसिर ४ मा सोही क्षेत्रबाट निर्वाचित लामिछानेले विदेशी नागरिकता लिएपछि पनि पुरानै नेपाली नागरिकता प्रयोग गरेकोभन्दै सर्वोच्चले नागरिकता पुर्नप्राप्तीको प्रक्रिया थाल्न आदेश दिएको थियो । त्योसँगै उहाँको सांसद पद खारेज भएको थियो । निर्वाचन आयोगले रित्त चितवन २ मा उपनिर्वाचनको घोषणा गरेको थियो ।

नेपाली नागरिकता पुनर्प्राप्तिपछि लामिछानेले सो क्षेत्रमा उम्मेदवारी दिनुभएको हो । पुरानै नागरिकता प्रयोग गरेर अमेरिकी नागरिक हुँदा नै नेपाली राहदानी लिएकोमा छानविन गरि लामिछानेविरुद्ध कारवाही अघि बढाउन रिटमा परमादेश माग गरिएको छ ।

लामिछानेले उक्त राहदानी कुन–कुन समयमा के कुन प्रयोजनका लागि प्रयोग गरेका थिए भन्ने विवरण अध्यागमन विभागबाट झिक्नुपर्ने माग रहेको छ । महान्यायाधिवक्ताको कार्यालयले भने राहदानीको दुरुपयोग नभएकाले कारवाही गर्नुनपर्ने निश्कर्ष निकालेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *