Main News

कोरोना र मौसमी फ्लुबाट, कसरी बच्ने ?(भिडियो रिपोर्टसहित)

२०७९ चैत १९ गते २१:१५
कोरोना र मौसमी फ्लुबाट, कसरी बच्ने ?(भिडियो रिपोर्टसहित)

१९ चैत २०७९ काठमाडौं । मौसमी फ्लुसँगसँगै कोरोना संक्रमण पनि बढ्दैछ । जसका कारण आफूलाई कोरोना भएको हो कि फ्लु छुट्याउन गाह्रो छ । कसरी छुट्याउन सकिन्छ, कोभिड र मौसमी फ्लु ?

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या १७१ छ । त्यस्तै दैनिक १० जना भन्दा बढीमा कोरोना संक्रमण देखिने गरेको छ । पछिल्लो दुई हप्तादेखि कोरोना पोजेटिभ हुने प्रतिशत पनि बढेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा इडीसीडी को भनाइ छ ।

कोरोना संक्रमणसँगै मौसमी फ्लुको संक्रमण पनि बढ्दै गएको छ । मौसम परिवर्तनसँगै हरेक वर्ष आउने मौसमी फ्लुका कारण रुघाखोकी लाग्ने, ज्वरो आउने लगायतका लक्षण देखिन्छन् ।

यस्तै कोरोना संक्रमण हुँदा पनि मौसमी फ्लु जस्तै लक्षण देखिने हुँदा, मौसमी फ्लु र कोभिड के हो भन्ने चिन्नै मुस्किल पनि पर्छ । कोभिड र मौसमी फ्लु कसरी छुट्ट्याउन सकिन्छ ?

कोभिड र मौसमी फ्लु दुवै सर्ने संक्रमण हुन् । त्यसैले यी दुवै अवस्थामा अनिवार्य मास्क लगाउने, भिडभाडमा नजान, प्रशस्त पानी र झोलिलो पदार्थ पिउन र कठिन भएको अवस्थामा तुरुन्तै अस्पताल जान चिकित्सकहरुको सुझाव छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *