राजनीति

उपनिर्वाचन : ३ क्षेत्रमा कसको मत कति ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १८ गते २१:११
उपनिर्वाचन : ३ क्षेत्रमा कसको मत कति ? (भिडियो रिपोर्टसहित)

१८ चैत २०७९ काठमाडौं । आगामी र्वैशाख १० गतेका लागि तोकिएको उपनिर्वाचनमा नेकपा एमालेले चितवन–२ र तनहुँ–१ उम्मेदवार टुंगो लगाए पनि बारा–२ बारे निर्णय गरेन ।

चितवन र तनहुँमा एमाले, सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीसँगको त्रिपक्षीय भिडन्त हुने भएको छ । मंसिर ४ को संसदीय निर्वाचन र गत वैशाख ३० को स्थानीय निर्वाचनको समेत मत परिणामका आधारमा दलगत अवस्थाबारे तयार पारिएको यो सामग्री ।

बारा–२ को अवस्था तरल रहेकाले अध्ययनमै रहेको भन्दै एमालेले उम्मेदवार टुंगो लगाएको छैन । तनहुँ–१ र चितवन–२ मा उम्मेदवार तय गरेको एमालेलाई निर्वाचन जित्नका लागि सत्ता गठबन्धनका केही दल र राष्ट्रिय स्वतन्त्र पार्टी चुनौतीका पहाडका रुपमा देखिन्छन् । तीनै निर्वाचन क्षेत्रमा जितको लक्ष्यसहित योजना बनाएको दाबी गर्ने एमाले, सत्ता गठबन्धन र रास्वपासँग भिडन्त हुँदैछ । ती क्षेत्रमा दलगत मत कस्तो छ त रु

तनहुँ–१
रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त तनहुँ– १ मा वैशाख १० गते निर्वाचन हुँदैछ । मंसिर ४ गते सम्पन्न निर्वाचनमा कसको कति मत छ ?

मंसिर ४ को निर्वाचन प्रत्यक्षतर्फ–
रामचन्द्र पौडेल, नेपाली कांग्रेस (गठबन्धन)– २५ हजार ३१३
एकबहादुर राना, नेकपा एमाले– १९ हजार ९२५ मत
गोविन्दराज जोशी, स्वतन्त्र– ६ हजार ८७७
विकास सिग्देल, रास्वपा– ६ हजार ३२

मंसिर ४ को निर्वाचन समानुपातिक
कांग्रेसः २०,१५८
एमालेः १६,६८३
राष्ट्रिय स्वतन्त्र पार्टीः १२,७७३
माओवादी केन्द्रस् ७,३२६

स्थानीय तह निर्वाचनको परिणाम हेर्दा तनहुँ–१ मा कांग्रेस बलियो देखिन्छ ।

वैशाख ३० को स्थानीय तह निर्वाचन
कांग्रेसः ३३,१०६
एमालेः २२,२१०
माओवादी केन्द्रः ८,४७४
राप्रपाः १,७७५
एकीकृत समाजवादीः ८९२

उपनिर्वाचन
एमालेले तनहुँ–१ मा पूर्व आइजीपी खनाललाई उम्मेदवार बनाएको छ । एमालेले भानु नगरपालिकाकै खनालको व्यक्तिगत प्रभाव र बलियो पार्टी संगठन नै जितको आधार मानेको छ । उहाँसँग रास्वपाबाट अर्थविद् स्वर्णिम वाग्ले र कांग्रेसका गोविन्द भट्टराई भिड्ने पक्का छ ।

चितवन–२
दोहोरो नागरिकतामा दोषी ठहर भएका रास्वपा सभापति रवि लामिछानेको पद खारेज भएपछि यहाँ निर्वाचन हुन लागेको हो । मंसिर ४ को आमनिर्वाचनमा कसको कति मत ?

मंसिर ४ को निर्वाचन प्रत्यक्ष
रवि लामिछाने, रास्वपाः ४९ हजार २६१ मत
उमेश श्रेष्ठ, नेपाली कांग्रेसः १५ हजार ९९ मत
कृष्णभक्त पोखरेल, नेकपा एमालेः १४ हजार ६४९ मत

मंसिर ४ को निर्वाचन समानुपातिक
राष्ट्रिय स्वतन्त्र पार्टीः ३५,९४५
एमालेः १६,७८४
कांग्रेसः१२,१३२
माओवादी केन्द्रः ८,४०७

वैशाख ३० को स्थानीय तह निर्वाचनमा भने नेकपा एमाले बलियो थियो ।

वैशाख ३० को स्थानीय तह निर्वाचनको परिणाम
एमालेः ३५,५४३
कांग्रेसः २४,५३१
माओवादी केन्द्रः ७,३७४
एकीकृत समाजवादीः ३,५६९
राप्रपाः २,११३

यहाँ एमालेले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाएको छ । न्यौपानेसँग रास्वपा सभापति लामिछाने र सत्ता गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य जितनारायण श्रेष्ठ भिड्दै हुनुहुन्छ ।

बारा–२
जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उपराष्ट्रपति चयन भएसँगै रिक्त यो क्षेत्रमा सत्ता गठबन्धनबाट उपेन्द्र यादव उम्मेदवार बन्दै हुनुहुन्छ । सत्तारुढ लोसपाले राजेन्द्र महतो र जनमतले शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाउने तयारी गरिरहँदा एमाले भने अनिर्णित छ । रास्वपाले पूर्वडीआइजी रमेश खरेललाई उम्मेदवार बनाएको छ ।

मंसिर ४ को निर्वाचन प्रत्यक्ष
रामसहायप्रसाद यादव, जसपा (एमालेसँग गठबन्धन)ः १३,८२२
शिवचन्द्रप्रसाद कुशवाहा, माओवादी (गठबन्धन)ः १३,४६८
रामकिशोरप्रसाद यादव, स्वतन्त्रः ११,०४३

मंसिर ४ को निर्वाचन समानुपातिक
जसपाः १३,२४२
कांग्रेसः ११,१७९
एमालेः ९,१९३
जनमत पार्टीः ८,८४६
माओवादी केन्द्रः ३,२६५
राष्ट्रिय स्वतन्त्र पार्टीः १,४५५

वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा मतको अवस्था
वैशाख ३० को स्थानीय तह निर्वाचन

कांग्रेसः २१,६५२
जसपाः २०,८२४
एमालेः १७,९२९
लोसपाः ६,७१६
माओवादी केन्द्रः ४,६४०
एकीकृत समाजवादीः ४,१०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्