राजनीति

भीम रावलसँग संवाद गर्न एमालेद्वारा तीन सदस्यीय समिति गठन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १८ गते १६:५७
भीम रावलसँग संवाद गर्न एमालेद्वारा तीन सदस्यीय समिति गठन (भिडियो रिपोर्टसहित)

१८ चैत २०७९ काठमाडौं । नेकपा एमालेले पार्टीका पूर्व उपाध्यक्ष भीम रावलसँग संवाद गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।

आज बसेको एमाले सचिवालय बैठकले पार्टी उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्ट र कर्ण थापा सदस्य रहेको समिति गठन गर्ने निर्णय गरेको हो । रावलले पार्टीको अनुशासन विपरित कार्य गर्दै हिडेकाले संवाद गर्न समिति गठन गरेको जनाइएको छ।

पछिल्लो पटक एमालेको ग्रास रुट अभियानअन्तर्गत अछामको साफेबगरमा आयोजित कार्यक्रममा भीम रावलको बिरोध गरिएपछि उपाध्यक्ष पौडेल उपस्थित रहेको कार्यक्रम बिथोलिएको थियो ।

पौडेलसहित प्रदेश इन्चार्ज लेखराज भट्ट, सह इन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी लगायत उपस्थित रहेको पार्टीको कार्यक्रममा रावलका सन्दर्भमा कसैले केही नबोल्ने सहमति भएको बताइएको थियो ।

तर उक्त सहमति बिपरित सल्लाहकार समिति सदस्य डडेलधुराका पदमराज जोशीले रावलका विरुद्ध बोलेपछि सहभागीले नाराबाजीसहित कुर्सी प्रहारसमेत गरेका थिए । त्यसपछि कार्यक्रम नै विथोलिएको थियो । चितवन महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएका रावल त्यसपछि कर्नरमा पर्दै आउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्