Main News

कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

२०७९ चैत १७ गते १८:००
कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त

१७ चैत २०७९ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ ।

मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उहाँलाई २५ सदस्यले विश्वासको मत दिएका थिए ।

उहाँलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । उहाँको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिनुभएको छ । प्रदेशसभाको अर्को बैठक यही चैत १९ गते बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *