Main News
जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानद्वारा राजीनामा
२०७९ चैत १७ गते १५:०७

१७ चैत २०७९ काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिनुभएको छ ।
मन्त्रालयको भागबन्डामा चित्त नबुझेपछि सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई खानेपानीमन्त्रीबाट राजीनामा बुझाउनु भएको हो ।
जनमत पार्टीले सुरुदेखि नै उद्योग मन्त्रालय मागिरहेको थियो । तर, अहिले पनि खानेपानी मन्त्रालय नै दिने भएपछि उहाँले राजीनामा दिनुभयो । उद्योगमन्त्री कांग्रेसले लिएको छ ।
प्रतिक्रिया