Main News

प्रधानमन्त्रीसगँ विश्वप्रकाशको आग्रहः सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिनसक्ने बनाउनुस्

हिमालय टिभी
२०७९ चैत १६ गते १०:१९
प्रधानमन्त्रीसगँ विश्वप्रकाशको आग्रहः सरकार उभिएर मात्रै पुग्दैन, निजी क्षेत्रलाई पनि उभिनसक्ने बनाउनुस्

१६ चैत २०७९ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशलाई बलियो बनाउन आन्तरिक उत्पादनलाई आत्मनिर्भर बनाउनुपर्ने बताउनुभएको छ ।

आज भृकुटीमण्डपमा स्वदेशी जुत्ता प्रदर्शनीको अवलोकन गरेपछि सञ्चारकर्मीहसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले देशको अर्थतन्त्र उठ्न सक्ने की नसक्ने भन्ने स्थितिबाट गुज्रिरहेको भन्दै सरकार उभिएर मात्रै नपुग्ने बताउनुभयो ।

उहाँले सरकारलाई बलियो बनाउन आन्तरिक र राष्ट्रिय उत्पादनको वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँले राज्यले , निजी क्षेत्रबाट भएको उत्पादनलाई उभिनसक्ने बनाउन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभयो ।

उहाँले देश प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलहरुले बनाउने नभइ समन्वयकारी भूमिका मात्रै खेल्ने भएकाले देश बनाउन सबै मानिसको संलग्नता आवश्यक रहेको बताउनु भयो । महामन्त्री शर्माले देशले अहिले आर्थिक प्रतिकुलताको सामना गरिरहेको भन्द अर्थतन्त्र सुदृढ पार्न नेपाली उत्पादनलाई बढाएर वाह्य बजारमा बिस्तार गर्न सक्नुपर्ने बताउनु भयो ।

उहाँले देश निराशाले नबन्ने भन्दै केही फूलहरुको खोजि गर्न आवश्यक रहेको बताउनु भयो । उद्योगहरु बिस्थापित हुनबाट रोक्न बैंकबाट लिएको ऋणलाई कसरी कम गर्ने भन्नेतर्फ राज्यले ध्यान दिनुपर्ने बताउनु भयो ।

महामन्त्री शर्माले जुत्ता उद्योगलाई बृहत्तर उद्योगको रुपमा विस्तार गर्न आवश्यक रहेको पनि बताउनुभयो । उहाँले नेपाली जुत्ता लगाउन, प्रयोग गर्न र नेपाली उत्पादनको प्रयोग बढाउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *