Main News

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूचि

हिमालय टिभी
२०७९ चैत १६ गते ९:१८
राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूचि

१६ चैत २०७९ काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

आजको बैठक बिहान ११ः०१ मिनेटमा शुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/०७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन, २०७८/०७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, आदिवासी जनजाती आयोगको तेस्रो वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्ने कार्यसूचि छ ।

त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६, ०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूचि छ ।

त्यस्तै सांसद वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *