Main News

आज रामनवमी पर्व मनाइँदै, कर्णाली र मधेसमा सार्वजनिक बिदा

हिमालय टिभी
२०७९ चैत १६ गते ९:१४
आज रामनवमी पर्व मनाइँदै, कर्णाली र मधेसमा सार्वजनिक बिदा

१६ चैत २०७९ काठमाडौं । आज रामनवमी पर्व मनाइँदैछ । चैत्र शुक्ल नवमीको अवसरमा भगवान श्रीरामको जन्म भएको अवसरमा रामनवमी पर्व मनाउने गरिन्छ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौसल्यादेवीको सुपुत्रका रूपमा श्री रामको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । सोही सम्झनामा आजको दिन रामनवमी पर्व विशेष रुपमा मनाइन्छ ।

त्रेतायुगमा भगवान राम र माता सीतासँग जनकपुरधाममै विवाह भएको थियो । राम नवमीको अवसरमा आज मधेस प्रदेश सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

राम नवली पर्वका अवसरमा कर्णाली प्रदेशले सार्वजनिक विदा दिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशमा आज सार्वजनिक बिदा दिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले गत वर्ष विसं २०७८ चैत २९ गते बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयबमोजिम चैत १६ प्रदेशस्थित सबै सरकारी, सार्वजनिक सङ्घसंस्थामा बिदा दिइएको बताउनुभयो ।

कर्णाली प्रदेशको विशेषगरी जुम्ला जिल्लामा बारुवाँ (चैत १२) गते मार्सी धानको बेर्नाका लागि खोला वा नदी किनारमा भिजाइएको मार्सीको बीउ घरमा ल्याएर चुल्हो नजिक राखी तताउने र टुसा निकालेर आलीमा छर्न योग्य बनाउने चलन छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *