Main News

आज सेतो मच्छिन्द्रनाथ रथयात्रा शुरु हुँदै

हिमालय टिभी
२०७९ चैत १५ गते ९:५०
आज सेतो मच्छिन्द्रनाथ रथयात्रा शुरु हुँदै

१५ चैत २०७९ काठमाडौं । आजबाट सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । आज अपरान्ह ४ बजे मच्छिन्द्र बहालदेखि आज तीनधारा पाठशालासम्म हुनेछ ।

५ बजेदेखि ६ः३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असन, चैत्र १६ गते ५ बजेदेखि ६ः३० बजेसम्म लगिनेछ ।

त्यस्तै असन, बालकुमारी, केल टोल, इन्द्रचोक मखन हुँदै हनुमान ढोका, १७ गते ४ ब्जेदेखि ६ः३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगन, चैत्र १८ गते साँझ ५ः३० देखि ६ः३० बजेसम्म लगन आमा रुख परिक्रमा गराइनेछ ।

चैत्र १९ गते साँझ ५ः३० देखि ७ः३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, डासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *