Main News

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचि

हिमालय टिभी
२०७९ चैत १५ गते ९:१०
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूचि

१५ चैत २०७९ काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजेबाट शुरु हुनेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/०७९) पेस गर्नुहुने, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

यसैबीच आज प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थिति समितिको हलमा बस्नेछ । आजको बैठकमा नेपाल राष्ट्रिय पुस्तकालयको अवलोकन भ्रमणबाट देखिएका विषयका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *