Main News

इन्जिनियरिङ परीक्षा : कम विद्यार्थी उत्तीर्ण किन ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत १४ गते २०:३९
इन्जिनियरिङ परीक्षा : कम विद्यार्थी उत्तीर्ण किन ? (भिडियो रिपोर्टसहित)

१४ चैत २०७९ काठमाडौं । नेपाल ईन्जिनियरिङ परिषद्ले इन्जिनियरिङ व्यवसायमा नाम दर्ताका लागि लिएको पहिलो परीक्षामा १९ सय ८१ विद्यार्थी सहभागी भएकामा ५ सय ६५ अर्थात २८ दशमलव ५ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भए । यो विषय अहिले सबैको चासोको विषय बनेको छ । परीक्षामा कम विद्यार्थी किन उत्तीर्ण भए ?

इन्जिनियरिङ व्यवसाय गर्नका लागि आवश्यक योग्यता निर्धारण गर्ने र योग्यता पुगेका इन्जिनियरको नाम दर्ता गर्ने प्रयोजनका लागि लिइने परीक्षाको पाठ्यक्रम तयार गर्ने, परीक्षा लिने र उतीर्ण भएका व्यक्तिलाई नाम दर्ता प्रमाण पत्र प्रदान गर्ने काम इन्जिनियरिङ परिषद्ले गर्छ । ऐनको पहिलो संशोधनपछि परिषद्लाई अधिकार थपिएको हो । ऐन संशोधनसँगै पहिलो पटक परिषद्ले लिएको परीक्षामा कम विद्यार्थीमात्र उत्तीर्ण भए ।

नेपाल इन्जिनियरिङ परिषद्ले चैत १२ र १३ गते लिएको परीक्षामा उत्तीर्ण
त्रिभुवन विश्वविद्यालय– १०० विद्यार्थीमध्ये ४६
पूर्वाञ्चल विश्वविद्यालय– ४७१ विद्यार्थीमध्ये १४१
पोखरा विश्वविद्यालय– १०१३ विद्यार्थीमध्ये ३११
काठमाडौं विश्वविद्यालय– २ विद्यार्थीमध्ये १
मध्यपश्चिम विश्वविद्यालय– ४१ विद्यार्थीमध्ये ७
सुदूरपश्चिम विश्वविद्यालय– १ विद्यार्थीमध्ये १
विदेशबाट अध्ययन गरेर आएका– ३७८ विद्यार्थीमध्ये ५८

पहिले विश्वविद्यालयले नै प्रमाण पत्र दिने गरेको थियो । त्यस्तो अवस्थामा तुलनात्मकरुपमै धेरैले प्रमाणपत्र पाउँथे । तर परिषद् आफैंले परीक्षा लिन सुरु गरेपछि २८ दशमलव ५ प्रतिशत विद्यार्थी मात्र किन उत्तीर्ण भए त रु

परिषद्ले विक्रम सम्वत् २०५६ सालदेखि विश्वविद्यालयमा उत्तीर्ण भएकालाई ईन्जिनियरको मान्यता दिदै आएको थियो । तर अहिले भने परिषद्ले नेपाल इन्जिनियरिङ परिषद् ऐन २०५५ को पहिलो संशोधन २०७९ अनुसार परीक्षा लिएको हो ।

नेपाल ईन्जिनियरिङ परिषद् हाल ७७ हजार ५ सय ईन्जिनियर दर्तामा छन् । हाल आएको नतिजाले अब गुणस्तरीय ईन्जिनियरिङ उत्पादनमा भने टेवा पुग्ने विश्वास गरिएको छ ।

विश्वविद्यालयहरुले इन्जिनियरिङ प्रवेश परीक्षा राम्रोसँग लिने हो भने पनि परिषद्ले लिने परीक्षामा उत्तीर्ण हुनेको संख्यामा बृद्धि हुने विश्वास परिषद्को छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *