Main News

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई रिहा गर्न महामन्त्री शर्माको माग

हिमालय टिभी
२०७९ चैत १४ गते १३:०८
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने युवाहरुलाई रिहा गर्न महामन्त्री शर्माको माग

१४ चैत २०७९ काठमाडौं । सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध नाराबाजी गरेका युवाहरुलाई रिहा गर्न माग गर्नु भएको छ ।

ट्वीटरमा प्रधानमन्त्री प्रचण्डलाई मेन्सन गर्दै महामन्त्री शर्माले प्रहरी नियन्त्रणमा रहेका युवाहरुलाई रिहा गर्न माग गर्नुभएको हो ।

उहाँले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न मिल्दैन भन्दै प्रधानमन्त्रीविरुद्ध नारा लगाएका युवालाई रिहा गर्न पहलको माग गर्नुभएको छ । गत चैत ७ गते सार्वजनिक समारोहमा जाँदै गर्दा प्रधानमन्त्री प्रचण्डविरुद्ध सोलुखुम्बुका उद्धव बस्नेत, सोम शर्मा र बझाङ विप्लव खड्काले नाराबाजी गरेका थिए ।

नियन्त्रणमा लिने क्रममा प्रहरीले मुख थुनिदिएको फोटो र भिडियो सार्वजनिक भएपछि त्यसको चर्को आलोचना भएको थियो । अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकिएकोमा धरौटी नबुझाएका कारण उनीहरु जेल चलान भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *