सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित

१३ चैत २०७९ काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजका लागि तोकिएको पेशी स्थगित भएको छ ।
सन्दीप पक्षकै कानुन व्यवसायीले सुनुवाइ सार्न निवेदन दिएपछि आजका लागि तय भएको सुनुवाइ स्थगित गरिएको हो ।
यसअघि थुनामा पठाउन आदेश दिएका जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेकै इजलासमा आजको पेशी परेपछि सन्दीप पक्षका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएका हुन् ।
घिमिरेको इजलासले कात्तिक १८ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, उच्च अदालत पाटनले जिल्लाको आदेश उल्टाउँदै पुस २८ गत सन्दीपलाई शर्तसहित २० लाख रूपैयाँ धरौटीमा छोड्ने आदेश जारी गर्यो ।
पुस २९ गते थुनामुक्त भएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपमाथि लगाइएको निलम्बन फुकुवा गर्दै उनलाई आईसिसी लिग टु अन्तर्गत ३ वटा सिरिजमा सहभागी गराएको थियो ।
प्रतिक्रिया