Main News
काठमाडौं महानगर प्रमुख बालेनविरुद्ध प्रदर्शन (भिडियो रिपोर्टसहित)
२०७९ चैत १३ गते १४:११
![काठमाडौं महानगर प्रमुख बालेनविरुद्ध प्रदर्शन (भिडियो रिपोर्टसहित)](https://www.himalayatv.com/wp-content/uploads/2023/03/balen-pradarshan-1.jpg)
१३ चैत २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहविरुद्ध प्रदर्शन भएको छ ।
संविधान र कानूनविपरित सुकुम्बासीलाई उठिबास लगाउने कामको नेतृत्व लिएको भन्दै प्रमुख शाविरुद्ध आज काठमाडौंको नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्यालीसहितको विरोध प्रदर्शन गरिएको हो ।
भूमिहीनलाई जग्गाधनी पूर्जा दिनुको साटो उठिबास लगाउने प्रयास काठमाडौं महानगरपालिका र प्रमुख शाहले गरिरहे कडा आन्दोलनमा जान बाध्य हुने आन्दोलनरत संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालको चेतावनी छ ।
विरोध प्रदर्शनमा पक्राउ परेका भूमि अभियन्ताहरुलाई निःशर्त रिहा गर्न, उनीहरुमाथि लगाइएको सबै झुटा मुद्दा खारेज गर्नुपर्ने प्रदर्शनकारीको माग छ ।
प्रतिक्रिया