Main News

मन्त्रिपरिषद् विस्तारका विषयमा प्रचण्ड, देउवा र नेपालबीच छलफल

सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने

हिमालय टिभी
२०७९ चैत १३ गते १३:०९
मन्त्रिपरिषद् विस्तारका विषयमा प्रचण्ड, देउवा र नेपालबीच छलफल

१३ चैत २०७९ काठमाडौं । मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भैरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग छलफल गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग बालुवाटारमा छलफल गर्नुभएको हो ।

छलफलमा भोलि दिउँसो चार बजे १० दलको बैठक बस्ने र मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई एक राज्यसहित आठ, माओवादीलाई प्रधानमन्त्रीसहित पाँच, राष्ट्रिय स्वतन्त्र पार्टीलाई एक राज्यमन्त्रीसहित तीन, एकीकृत समाजवादीलाई एक राज्यमन्त्रीसहित तीन, जसपालाई दुई, जनमत, लोसपा र नागरिक उन्मुक्तिलाई एक–एक र स्वतन्त्र दुई सांसदमध्येबाट एक जनालाई मन्त्री बनाउने प्रस्ताव तयार गर्नुभएको बताइएको छ ।

प्रदेशमा पनि आलोपालोमै सरकारको नेतृत्व गर्ने दलहरुबीच समझदारी बनेको बताइएको छ । प्रधानमन्त्री प्रचण्डले चैत ६ गते कांग्रेससहित १० दलको समर्थनमा विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *