Main News

कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ ?

हिमालय टिभी
२०७९ चैत १३ गते १०:२१
कांग्रेस नेता सिंहको प्रश्नः आदर्श र मूल्य मान्यताको राजनीति बिर्सिएका त छैनौँ ?

१३ चैत २०७९ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संस्थापक नेताहरुले देखाएको बाटोमा वर्तमान कांग्रेस नेताहरु हिँड्नुपर्ने बताउनुभएको छ ।

आज काठमाडौंमा पूर्वमन्त्री स्व.नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा बोल्दै नेता सिंहले मूल्य, मान्यता र आदर्शको राजनीतिमा नेताहरु हिँड्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले २०४६ सम्म मूल्य, मान्यता र आदर्शको राजनीतिमा बढी जोड समाज र दलहरुले दिएको उल्लेख गर्दै २०४६ को परिवर्तनपछि संस्थापक नेताहरुले देखाएको बाटोमा कांग्रेस नेताहरु कत्तिको हिँडेका छौँ भन्नेकुराको मनन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले शक्ति केन्द्रित राजनीतिमा आफ्नो सिद्धान्तको ख्याल गरिएको छ की छैन भन्नेकुरामा सोच्न जरुरी रहेको बताउनुभयो ।

नेता सिंहले स्व. जोशीले देशमा प्रजातन्त्र ल्याउन र पुनर्बहाली गराउन गर्नुभएको देन समाजले सम्झिरहने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *