राजनीति

उपनिर्वाचन रास्वपालाई कति सहज ? (भिडियो रिपोर्टसहित)

२०७९ चैत १२ गते २१:०४
उपनिर्वाचन रास्वपालाई कति सहज ? (भिडियो रिपोर्टसहित)

१२ चैत २०७९ काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले आगामी उपनिर्वाचनमा तालमेल गर्ने गरी तयारी सुरु गरेका छन् । तर गठबन्धनकै प्रमुख घटक राष्ट्रिय स्वतन्त्र पार्टीले भने उपनिर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको छ ।

गत मंसिरमा सम्पन्न निर्वाचनमा एक्लै चुनावमा गएर विजयी भएको रास्वपा उपनिर्वाचनमा पनि बढी नै आत्मविश्वासी देखिएको छ ।

चितवन– २, तनहुँ– १ र बारा– २ मा वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धनमा आवद्ध दलहरुले साझा उम्मेदवार तय गर्ने बताइरहेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सत्ता पक्षधर भएको राष्ट्रिय स्वतन्त्र पार्टीले भने एक्लै उम्मेदवारी दिने निर्णय गरिसकेको छ ।

शुक्रबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले निर्णय गरेर एक्लै चुनावमा होमिने गरी तयारी सुरु गरिसकेको छ । उपनिर्वाचन हुने चितवन(२ मा पार्टीका सभापति रवी लामिछाने उम्मेदवार हुने निश्चित जस्तै छ भने तनहुँ र बारामा उम्मेदवार टुंगो लगाउन बांकी छ । पार्टीको निर्णय संगठन बिस्तारका लागिसमेत आवश्यक भएकाले एकल उम्मेदवारी दिने गरेको रास्वपाका नेताहरु बताउँछन् ।

गत निर्वाचनबाट हौसिएकाले पनि रास्वपाले आगामी उपनिर्वाचनमा पनि एक्लै लड्ने आँट गरेको देखिन्छ । त्यसैले चितवन– २ मा आफ्नो पार्टीको जित सुनिश्चित जस्तै भएको र अन्य दुई स्थानमा पनि राम्रो मत ल्याउने रास्वपाका नेताहरुको दाबी छ।

२८ दिन सरकारमा बसेर रवि लामिछानेको नागरिकता प्रकरणका कारण बाहिरिएको रास्वपा पुनः सरकारमा जान तयार देखिन्छ । तर रास्वपाको सत्तायात्रालाई कतिपयले अस्वभाविक स्वार्थका रुपमा विश्लेषण गरेका छन् ।

विगतमा एमाले नेतृत्वको सत्ता गठबन्धन र अहिले कांग्रेस नेतृत्वको गठबन्धनमा बनेको सरकारमा निर्वाध सहभागी हुने कुरामा आलोचकहरुले सिद्धान्त र निष्ठाको प्रश्न गरिरहँदा रास्वपा यसलाई नजर अन्दाज गर्ने मनस्थितिमा छ ।
मंसिर चारमा प्राप्त अपार विश्वास र त्यसलगत्तै देखिएको सत्ता मोहले उप निर्वाचनलाई कस्तो असर गर्छ रु त्यो भने निर्वाचन परिणामले नै देखाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्