Main News

सैलुनहरु भारतीयकै भरमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत १२ गते २०:३०
सैलुनहरु भारतीयकै भरमा (भिडियो रिपोर्टसहित)

२ चैत २०७९ काठमाडौं । काठमाडौं उपत्यकामा करिब ५ हजार सैलुन छन् । ती मध्ये ३५ प्रतिशत सैलुन भारतीय नागरिकले सञ्चालन गरिरहेका छन्। सैलुन सञ्चालकले मासिक डेढ लाख रुपैंयासम्म आम्दानी गर्छन् । राम्रो आम्दानी हुने भए पनि यो पेसामा नेपाली युवाको भने आकर्षण कम छ ।

नेपाली युवा काम खोज्न ऋणै खोजेर खाडी मुलुक जाने गरेका छन् । रोजगारीका लागि भारत जानेको संख्या पनि ठूलो छ । तर भारतीय नागरिक नेपालमा आएर रोजगारी गरेर राम्रो आम्दानी गरिरहेका छन् ।

छोटो समयको तालिम र कम लगानीमा कपाल काट्ने व्यवसाय शुरु गर्न सकिन्छ । नेपाल नाइ संघका अनुसार नेपालमा अहिले १६ हजार ६ सय सैलुन छन् । काठमाडौं उपत्यकामा मात्रै ५ हजार सैलुन छन् ।

काठमाडौं उपत्यकामा सैलुनको अवस्था र आम्दानी तथ्यांकमा हेरौं
जम्मा सैलुनको संख्या – ५ हजार
३५ प्रतिशत सञ्चालक भारतीय नागरिक
कामदार २० हजार, त्यसमध्ये ४० प्रतिशत भारतीय
सैलुनको आम्दानी प्रतिदिन ५ हजार रुपैँयासम्म
मासिक आम्दानी डेढ लाखसम्म
कामदारले पाउने पारिश्रमिक खर्च कटाएर बाँकी रहेको रकमको ५० प्रतिशत

सैलुनबाट आम्दानी राम्रो हुने देखिन्छ । नेपालीले सञ्चालन गरेका सैलुनका कामदारसमेत भारतीय छन् । भारतीय नागरिक आफैंले पनि सैलुन सञ्चालन गरिरहेका छन् ।

कपाल र दाह्री काटेको शुल्क
साल कपाल काटेको दाह्री काटेको
२०७९ २०० रुपैयाँ १२० रुपैयाँ

काठमाडौं उपत्यकामा मात्रै सैलुन व्यवसायमा १२ करोडको ब्यापार हुने अनुमान छ । सरकारसँग यकिन तथ्यांक नभए पनि भारतीय नागरिकले सञ्चालन गरेको सैलुनको सबै आम्दानी भारत नै जाने गरेको छ । काठमाडौं उपत्यकाकै हिसाब निकाल्ने हो भने पनि मासिक साढे ४ करोड बढी कमाई भारतीय नागरिकको हातमा जान्छ । नेपालीहरु यो व्यवसाय गर्न अप्ठ्यारो मानिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *