Main News

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

२०७९ चैत १२ गते १४:२०
राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

१२ चैत २०७९ काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ ।

बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गर्नुभएको हो ।

राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *