Main News

संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

हिमालय टिभी
२०७९ चैत १२ गते ९:२४
संघीय संसदअन्तर्गत दुवै सदनको बैठक बस्दै

१२ चैत २०७९ काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक आज दिउँसो १ बजे बस्नेछ ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पुष्पकमल दाहालले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन( विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्ने, सभामुख देवराज घिमिरेले शोक प्रश्ताव प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

त्यस्तै आज बस्ने राष्ट्रिय सभाको बैठकमा डा. वेदुराम भुसालले राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ सभा समक्ष पेस गर्ने कार्यसूचि रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *