Main News
नेपालमा साम्प्रदायिकताको कुनै स्थान छैनः अध्यक्ष ओली (भिडियो रिपोर्टसहित)
२०७९ चैत ११ गते १६:०४

११ चैत २०७९ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिकताको कुनै स्थान नभएको बताउनु भएको छ ।
काठमाडौंमा आयोजित पार्टी निकट जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपालको प्रथम अधिवेशन उद्घाटनमा अध्यक्ष ओलीले मुलुकमा साम्प्रदायिकताको नारा लगाउनुको कुनै अर्थ नरहेको बताउनुभएको हो ।
उहाँले बसोबासको हिसाबले नेपाल स्वर्ग भएको उल्लेख गर्दै यही केही गर्न सकिन्छ भन्ने भावनाका साथ विदेशबाट फर्किएकाहरुले काम गर्नुपर्ने बताउनु भयो ।
अध्यक्ष ओलीले विदेशबाट फर्केकाहरुको समस्या समाधानका लागि सामूहिक प्रयासको आवश्यक्ता औंल्याउनु भयो ।
प्रतिक्रिया