Main News

क्षयरोगबाट जोगिन सकिन्छ, यस्तो छन् उपाय (भिडियो रिपोर्टसहित)

२०७९ चैत १० गते २१:१०
क्षयरोगबाट जोगिन सकिन्छ, यस्तो छन् उपाय (भिडियो रिपोर्टसहित)

१० चैत २०७९ काठमाडौं । विभिन्न कार्यक्रम गरेर आज विश्व क्षयरोग दिवस मनाइएको छ । ‘हो, क्षयरोग अन्त्य गर्छौ’ भन्ने नाराका साथ नेपालमा पनि यो दिवस मनाइयो । विश्वभर क्षयरोग दिवस मनाइरहदा नेपालमा क्षयरोगको अवस्था कस्तो छ ?

क्षयरोग दिवसमा भक्तपुरको क्षयरोग निवारण केन्द्रले गरेको कार्यक्रममा भनेजस्तै ‘हो हामी क्षयरोग अन्त्य गर्छौ’ । किनकी क्षयरोगको अन्त्य गर्न सकिन्छ ।
चिकित्सकको सल्लाहअनुसार नियमित औषधि खाए क्षयरोग निको हुन्छ ।

आर्थिक वर्ष २०७८–७९ मा नेपालमा ३७,८६१ जना क्षयरोगका विरामी उपचारका लागि दर्ता भएको राष्ट्रिय क्षयरोग निवारण केन्द्रको तथ्यांक छ । जसमध्ये ६१.६ प्रतिशत पुरुष, ३८.४ प्रतिशत महिला र करिब ८।७ प्रतिशत बालबालिका छन् ।
तीमध्ये क्षयरोग लागेका ९१।५ प्रतिशत व्यक्ति उपचारपछि निको भएका छन् ।

उपचार सम्भव हुने रोग भए पनि नेपालमा अहिलेसम्म करिब १७ हजार जनाको मृत्यु क्षयरोगका कारण भएको तथ्यांक छ भने हरेक वर्ष ६९ हजार नयाँ बिरामी थपिने गरेका छन् ।

विश्व स्वास्थ्य संगठनले सन् २०२१ देखि नेपाललाई औषधी प्रतिरोधी क्षयरोगको उच्च प्रकोप भएको देशको सूचीमा ३० औं स्थानमा राखेका छ । यसको अर्थ नेपालमा क्षयरोगका बिरामीले खाइरहेका केही औषधिले काम नगरेको र कतिपय बिरामीले नियमित औषधि नखाएको समेत हो ।

नेपालमा वार्षिक करिब २ हजार ८ सय क्षयरोगका बिरामीमा औषधि प्रतिरोधी क्षयरोग रहेको राष्ट्रिय क्षयरोग केन्द्रको अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *