Main News

संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाको अनुगमन गर्न उपसमिति गठन

हिमालय टिभी
२०७९ चैत १० गते १६:१३
संकल्प प्रस्ताव कार्यान्वयनको अवस्थाको अनुगमन गर्न उपसमिति गठन

१० चैत २०७९ काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले राष्ट्रिय सभाबाट पारित संकल्प प्रश्तावको कार्यान्वयनको अनुगमन गर्न उपसमिति गठन गरेको छ ।

गत बुधवार बसेको राष्ट्रिय सभाको बैठकले दलित समुदायका विभेद र उत्पीडनहरुको अन्त्य गरी सामाजिक–सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रश्ताव सर्वसम्मत रुपमा पारित गरेको थियो ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारको प्रश्तावमा तथा राष्ट्रिय सभा सदस्यहरु सुरेशकुमार आले, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, नरपति लुहार र सिंहबहादुर विश्वकर्मा लगायत १८ जना सदस्यहरुको समर्थनमा सो संकल्प प्रश्ताव पारित भएको थियो । शुक्रवार बसेको समितिको बैठकले सो संकल्प प्रश्तावको कार्यान्वयनको अवस्थाको अनुगमन गर्न समिति सदस्य भुवनबहादुर सुनारको संयोजकत्वमा ३ सदस्यीय उपसमिति गठन गरेको हो ।

उपसमिति सदस्यहरुमा तुलप्रसाद विश्वकर्मा र सिंहबहादुर विश्वकर्मा रहनुभएको छ । बैठकको निर्णयबारे जानकारी दिनुहुँदै समिति सभापति प्रकाश पन्थले संकल्प प्रश्ताव पारित गर्दा सरकारलाई आवश्यक निर्देशन समेत दिइएको बताउनु भयो ।

उहाँले विषयगत समितिहरुलाई पनि आफ्नो क्षेत्रभित्र पर्ने विषयहरुमा कार्यान्वयनको अवस्थाको बारेमा अनुगमन गर्ने निर्देशन भएकाले दिगो विकास तथा सुशासन समितिले ३ सदस्यीय अनुगमन समिति बनाएको बताउनु भयो । उहाँले समितिका अन्य सबै सदस्यहरु आमन्त्रित सदस्यका रुपमा रहने र सबैले अनुगमनका लागि सहयोग गर्ने निर्णय भएको पनि बताउनु भयो ।

सभापति पन्थले सो उपसमितिको कार्यकाल समितिको कार्यकालभरी रहने बताउनुभयो । उपसमितिले आगामी असारसम्ममा आफ्नो कामको प्रतिवेदन पेस गर्नुपर्ने र अरु प्रगति विवरण भने उपसमितिको कार्यकाल सकिनु एकमहिना अगाडीसम्म बुझाउन सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *