Main News

बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

हिमालय टिभी
२०७९ चैत १० गते १५:०९
बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले

१० चैत २०७९ हेटौंडा । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

हेटौंडामा जारी प्रदेशसभा बैठकमा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको जानकारी दिनुभएको हो ।

केन्द्रीय सत्ता समीकरणमा नेकपा माओवादी केन्द्रले विश्वासघात गरेको कारण माओवादी केन्द्र नेतृत्व रहेको बागमती प्रदेश सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकार छाडेको थपलियाले बताउनुभयो ।

उहाँले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खोला तरेको तर लौरो बनेर साथ दिएको एमालेलाई बिर्सेर राजनीतिक बेइमानी गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले देशी विदेशीको प्रभावमा परेर सत्ता समीकरण भत्काएको भन्दै उहाँले त्यसको विरुद्धमा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो ।

नेता थपलियाले करिब साढे २ महिना सरकारमा रहँदा आफूहरुले सम्हालेको चारवटै मन्त्रालयले उल्लेख्य सुधारको काम गरेको दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *