Main News

मलमा अनुदान यथावत् राख्ने मन्त्रिपरिषद् बैठकको निर्णय

हिमालय टिभी
२०७९ चैत ६ गते १३:०६
मलमा अनुदान यथावत् राख्ने मन्त्रिपरिषद् बैठकको निर्णय

६ चैत २०७९ काठमाडौं । चौतर्फी विरोध पछि सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्‍ने निर्णय गरेको छ।

सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी मलको अनुदान र मूल्यसमेत यथावत राख्‍ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माका अनुसार बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि मात्रै आवश्यक निर्णय गरी आगामी दिनमा थप व्यवस्थित र वैज्ञानिक बनाउने निर्णयसमेत गरेको बताउनुभयो।

मलको मूल्य बढाउने निर्णयको सडक र सदनबाट चर्को विरोध भएको थियो । सरकारले फागनु २६ गते किसानले मलमा पाउने अनुदानमा समग्रमा ११ दशमलब ८ प्रतिशतले घटाएको थियो ।

अनुदान घटाएसँगै सबै प्रकारका रासायनिक मलको मूल्य बढ्ने भएको थियो । १५ वर्षदेखि रासायनिक मलमा अनुदान दिइदै आएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *