खेलकूद

ए डिभिजन लिगका ५औँ चरणका खेल सकिँदा कस्तो छ अवस्था ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत ५ गते २१:२०
ए डिभिजन लिगका ५औँ चरणका खेल सकिँदा कस्तो छ अवस्था ? (भिडियो रिपोर्टसहित)

५ चैत २०७९ काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणका खेल सकिएसँगै अब २ साताका लागि लिग ब्रेक हुनेछ । यो बीचमा मोफसलका गोल्डकपमा क्लबहरु व्यस्त हुनेछन् भने एन्फाले फिफा डेटमा भुटान र लाओस सम्मिलित थ्री नेसन्स कप फुटबल आयोजना गर्दैछ ।

नेपाली खेलाडीलाई एक्सपोजर दिलाउन अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनु सकारात्मक हो । तर तुलनात्मक रुपमा बलिया टोलीसँग खेल्न पाएको खण्डमा खेलाडीले सिक्ने अबसर समेत पाउने थिए । यसमा भने एन्फा चुकेको छ ।

शहीद स्मारक ए डिभिजन लिगको विश्रामको समय फिफा डेट पारेर अखिल नेपाल फुटबल संघ एन्फाले नेपाल, भुटान र लाओस सम्मिलित प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको तयारी गरेको छ । थ्री नेसन्स कप यही चैत ८ देखि १७ गतेसम्म दशरथ रंगशालामा हुनेछ ।

नतिजा लक्षितभन्दा पनि खेलाडीहरुले अनुभव लिनका लागि यस्ता मैत्रीपूर्ण खेलहरुको महत्व छ । त्यसैले अधिकांश टोलीले मैत्रीपूर्ण खेललाई आफूभन्दा स्तरीय र बलिया टोलीसँग खेल्ने र सिक्ने मौकाको रुपमा लिन्छन् । तर आसन्न थ्री नेसन्स कप महत्वपूर्ण हुँदा हुँदै एन्फा भने टोली छनोटमा चुकेको छ ।

फिफा वरियतामा नेपाल १७५ औं स्थानमा छ । नेपाल भन्दा १० स्थान तल भुटान १८५ र लाओस १८६ औं स्थानमा छ । खेलमा कुनै पनि टोलीलाई कमजोर आँक्न मिल्दैन तर जुन रुपमा लगानी र समय एन्फाले यो खेललाई दिएको छ त्यतिनै जाँगर बलिया टोलीलाई ल्याउन लगाएको भए नेपाली फुटबलले धेरै फाइदा लिन सक्ने थियो ।

पछिल्लो खेलमा राष्ट्रिय टोलीबाट खेलेका धेरै खेलाडी विदेशमा रहेका बेला नयाँ प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसको प्रशिक्षणमा नेपालले खेल्न लागेको यो पहिलो अन्तर्राष्ट्रिय खेल हो ।

३ महिनापछि नेपालले अन्तर्राष्ट्रिय खेल खेल्न पाउनु आफैंमा सकारात्मक छ । तर तुलनात्मक रुपमा कमजोर टोलीविरुद्धको खेलबाट खेलाडीले खासै फाइदा लिन नसक्ने देखिन्छ । त्यसैले यस्ता मैत्रीपूर्ण खेलमा स्तरीय टोलीसँग खेल्ने वातावरण बनाउनतर्फ एन्फाको ध्यान जानु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्