Main News

अटिजमबारे चेतना जगाउने १९७४ एडी ब्यान्डको सांगीतिक कन्सर्ट (भिडियो रिपोर्टसहित)

२०७९ चैत ५ गते १६:४९
अटिजमबारे चेतना जगाउने १९७४ एडी ब्यान्डको सांगीतिक कन्सर्ट (भिडियो रिपोर्टसहित)

५ चैत २०७९ काठमाडौं । अटिजम बालबालिकामा लाग्ने कुनै रोग होइन । यो एक किसिमको जन्मजात विशेष अवस्था हो । अटिजमलाई रोग भन्नु भनेको अटिजमप्रतिको गलत बुझाई हो ।

अटिजम भएका बालबालिकाको शारीरिक अवस्था सामान्य भए पनि सामाजिक सिप, सञ्चार सम्बन्धी सिप, र सिकाइको क्षमता कम हुन्छ । अटिजम भन्नाले बालबालिकाको मस्तिष्क विकासको क्रममा आउने समस्या हो । अटिजम भएका बालबालिकालाई माया, स्याहार र समावेशीताको खाचो पर्छ । अटिजम बुझाउन 1974 AD ब्याण्डले शनिबार काठमाडौंको टुँडिखेलमा विशेष सांगीतिक कार्यक्रम गरेको छ ।

काठमाडौं महानगरपालिका, अटिजम केयर नेपाल सोसाइटी, लोकप्रिय नेपाली रक ब्यान्ड १९७४ एडी र अष्ट्रेलियन दूतावासले काठमाडौंमा विशेष सांगीतिक कार्यक्रम गरेको छ । अटिजमबारे चेतना जगाउने उद्देश्यले कार्यक्रम गरिएको हो । कन्सर्टले अटिजमबारे चेतना फैलाउने र अटिजम भएकालाई सघाउने अपेक्षा गरिएको छ।

नेपालमा ३ लाख बालबालिकामा अटिजम स्पेक्ट्रम डिसअर्डर एएसडी भएको अनुमान छ । तर अटिजमबारे निकै कम चर्चा हुने गरेको छ । अटिजमलाई अँगाल्ने सन्देश साझा गर्न नेपालस्थित अष्ट्रेलियन दूताबासले सहयोग गरेको छ ।

स्थानीय सरकार पनि अटिजमप्रति संवेदनशील हुन थालेको छ । काठमाडौं उपत्यका भित्रै दैनिक ४ जनासम्म अटिजमको अवस्था भएका बालबालिका भेटिने गरेको तथ्यांक छ । अटिजम भएकाहरुलाई काठमाडौं महानगरपालिकाले पनि विभिन्न संघसंस्थासँगको सहकार्यमा काम गरिरहेको छ ।

अटिजमलाई अँगाल्न सघाउने र सामाजिक समावेशीकरणको ग्यारेन्टी गर्न अवस्था पहिचान, बुझाइ र कार्य सुनिश्चित गर्ने विश्वासका साथ सांगीतिक ब्याण्ड १९७४ एडी मञ्चमा उत्रिएको हो । ब्याण्डले अष्ट्रेलियन दूतावास र महानगरसँग सहकार्यमा गर्न पाएकोमा खुसी व्यक्त गरेको छ ।

अटिजमबारे सन्देश प्रवाह गर्न आयोजित कन्सर्टको हिमालय टेलिभिजनबाट सोमबार राति ८ बजे प्रशारण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *